बिराटनगर । एमाले कोशी प्रदेशले पहिचानको नाममा आन्दोलन गरिरहेको समूहले पटक पटक एमालेका नेताहरुमाथि गरिएको सुनियोजित आक्रमणको घोर भत्र्सना र निन्दा  गरेको छ । 

एमाले कोशी प्रदेश अध्यक्ष तुलसी प्रसाद न्यौपानेको हस्ताक्षरीत बिज्ञप्तीमा भनिएको छ –कोशी प्रदेशकी उपसभामुख सृजना दनुवार र संसदीय दलका उपनेता रामबहादुर रानामाथि आक्रमण गरेपछि कोशी प्रदेशले घटनाको निन्दा गरेको हो ।

कोशी प्रदेश सरकारवाट संचालन भएका विविध विकास आयोजनाहरुको अनुगमन तथा जिल्ला भ्रमणका क्रममा गत जेठ २५ गतेका ईलाम जिल्लाको देउमाई नगरपालिका–३ मंगलवारेवाट ईलाम नगरपालिका–११ सोयाक भन्ज्याङ्ग पुग्दा एमाले केन्द्रिय कमिटीका सदस्य कोशी प्रदेश सभाका एमाले संसदिय दलका उपनेता राम रानालाई पहिचानवादी भन्ने अपरिचित मानिसहरुको झुण्डद्वारा वाटोको विचमा मुढा  तेस्र्याई आवागमन अवरुद्ध गर्ने र गुण्डागर्दी शैलीमा राना माथि सांघातिक आक्रमण मात्र हैन् सवार गाडिमा मोविल खन्याएर आगो लगाउने दुस्प्रयास गरेको छ ।

यसै गरी सोही दिंन उदयपुर जिल्लाको श्री १८ नम्वर वाहिनी भुल्केमा रहेको सर्प–दंश उपचार केन्द्रलाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेर विराटनगर फर्कने क्रममा उपसभामुख दनुवारलाइ पहिचानवादी वताउने एकहुल मनिसले आक्रमण गरेको छ । यसै गरी त्रियुगा नगरपालिकाका उपप्रमुख महेश्वरी राईलाई लक्षित गरी नारा जुलुस गर्ने, उछ्रिङ्गखल गतिविधि गर्ने, ढुङ्गामुढा प्रहार गर्ने जस्ता अपराधिक कृयाकलाप गरिएको छ ।

ढुङ्गामुढा प्रहारवाट उपप्रमुख महेश्वरी राईले प्रयोग गरिएको सवारी साधनमा क्षति पुगेको छ । यस्ता अवाञ्छित, जघन्य र अपराधपुर्ण घटनाहरुले पार्टी नेकपा एमाले कोशी प्रदेशलाई गंभिर वनाएको छ । एमाले पार्टीका नेताहरु कार्यकर्ताहरु लाई लक्षित गरेर वारंवार आक्रमण प्रयास गर्ने, पार्टीले आयोजना गरेका  कार्यक्रमहरु विथोल्न प्रयास गर्ने, पार्टीका श्रद्धेय अध्यक्ष, मुख्य मन्त्री, मन्त्री र माननियहरु लगायत माथि सांघातिक आक्रमण गर्ने, प्रहारको निसाना वनाउने जस्ता कृयाकलापहरु पटक पटक हुने गरेका हुनाले अवाञ्छित र अपराधपुर्ण कृयाकलापहरु देखिदा समेत प्रहरी प्रशासनले अपराधमा सम्लग्न 

गुण्डाहरुलाई नियन्त्रणमा लिंने र कानुनि कार्वाहिको दायरामा ल्याउने काम प्रभावकारी  नगरेको हुनाले यस्ता कृयाकलापको घोर निन्दा र विरोध  भत्सर्ना गर्देै दोसीलाई नियन्त्रणमा लिई कानुनि दायरामा ल्याउन र शान्ति सुरक्षा वहाल गर्न संघिय सरकार संग जोडदार आवाज उठाउदै एमाले पार्टी नेता, कार्यकर्ता माथि हुने गरेका आक्रमण र हिंसाका घटको डटेर प्रतिवाद गर्ने निर्देशन समेत अध्यक्ष न्यौपानेले बताउनु भएको छ ।

तसर्थ कोशीको नाममा कार्यकर्ता माथि हुने आक्रमणलाई तुरुन्तै प्रसाशनले चासो देखाएन भने त्यस्ता गुण्डाहरुलाई कार्यकर्ताहरुले नै ठिक पार्ने ताकत एमालेमा रहेको समेत जानकारी दिनु भएको छ