धरान । धरानको तापक्रम इतिहाँसमै उच्च भएको छ । ४२ डिग्री सम्म तापक्रम पुग्नु यो इतिहाँसमा नै पहिलो पटक भएको मौसमविदहरुले दावी गरेका छन् । 
दुई सातादेखि अधिक गर्मीले जनजीवन प्रभावित भएको छ । विहान,वेलुका र रात समेत तातो हावा र अधिक गर्मीले जनजीवन अस्तव्यस्त वनाएको छ । गर्मी घट्नुको सट्टा झनै वढ्दै गएपछि धरानमा धरानमा असार ९ गते सम्मका लागि सामुदायिक बिद्यालयहरुको बिदा थप गरिएको छ ।  
बिहिबार धरान उपमहानगरपालिकाको शिक्षा महाशाखाको प्रधानाध्यापकहरुसँगको मासिक नियमित बैठकमा सामुदायिक बिद्यालयहरु असार ९ गते सम्म बिदा दिने निर्णय गरेको महाशाखा प्रमुख गणेश प्रशाद खतिवडाले बताउनु भयो ।
उपमहानगरपालिकाले बर्खे बिदाबाट मिलान हुने गरि गर्मी बिदा मिलान गर्न विद्यालयलाई भनेको छ । खतिवडाको अनुसार असार ९ गते सम्म गर्मी विदा थप गरिएपछि अव वर्षे विदा भने नहुने वताइएको छ । चर्को गर्मीले पठन पाठनमा असर पर्ने भन्दै धरान उपमहानगरािलकाले यस अघि जेठ १८ गते देखि विद्याललय विदा गर्दै आएको छ । यो तेश्रो पटिक विदा थप गरिएको हो ।