काठमाडौं ।  नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य इकबाल अहमद र कतारका लागि नेपालका राजदूत डा. नरेश ढकाल र  बीच विहीबार छलफल भएकाे छ । बिहान राजदुतावासको कार्यालयमा केन्द्रीय सदस्य इकबाल अहमद र महामहिम राजदुत डा. ढकाल बीच भेटघाट भएको हो ।

नेपाल पत्रकार महासंघका अल्पसंख्यक विभागका प्रमुख समेत रहनु भएका  इकबाल अहमद र राजदुत ढकालबीच कतारमा बसेका नेपालीहरुको समस्या, कार्यालय व्यवस्थापनमा कठिनाईलगायतका विभिन्न विषयको बारेमा छलफल भएको  बताइएकाे छ ।

विभाग प्रमुख अहमदले कतारमा नेपालीले पाइरहेको दुख र सास्तीको बारेमा समेत जानकारी गराउनु भएको थियो ।  श्रम क्षेत्रमा नेपालीहरुले भोग्दै आएको समस्याको समाधानको बारेमा ध्यानाकर्षण गराउनुभएको छ ।

अहमदले कतारमा जेल जीवन बिताइरहेका नेपालीहरुको रिहाईका सम्बन्धमा समेत चासो व्यक्त गर्दै  कतारले नेसनल डे को अवसरमा जेलमा रहेका नेपालीहरुलाई रिहाई गर्न राजदुतावास कार्यालयलाई कतार सरकार समक्ष छलफल गर्न आग्रह गर्नुभएको थियोे । 

राजदुत ढकालले कार्यालयमा कर्मचारी अभाव  भएकाे बताउनु भएकाे छ । आफुले कतार आएपछि कार्य सेवा सुधार आएको दाबी गर्नुभयो । उहाले कामदारको हकमा इन्स्योरेन्स मार्फत सरकारसँग सिधा जोडिने कार्ययोजना अघि सारेको बताउनु भएको छ  ।

भेटघाटको क्रममा नेपाल पत्रकार महासंघ कतार शाखाका अध्यक्ष करिम मिया, पत्रकार तथा युवा समाजसेवी अजमल अन्सारीलगायत विभिन्न संस्थाका पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।