धरान। धरान उपमहानगरपालिका वडा नम्बर १९ ले वडाको विकासको लागि पुर्वाधार विकास अन्र्तगत सडक निर्माणलाई प्राथमिकता दिएको छ । 

आर्थिक वर्ष २०७९/८० को वजेटबाट सडक स्तरोउन्नती,ग्रावेल, सडक पिच र ड्रेन  निर्माण गरेर वडालाई नै कच्ची सडक मुक्त गर्ने योजना सहित वडा कार्यालयका जनप्रतिनिधीले कामलाई अघि वढाएका छन् । 

2 1

१९ नंम्वरका वडाध्यक्ष पुर्ण लिम्वुका अनुसार यो आर्थिक वर्षको कामहरु अन्तिम चरणमा पुगेको वताउनु भयो । उहाले भन्नु भयो,हाम्रो वडा पिछडिएको वडा पनि हो,त्यसैले सडक विस्तार,निर्माणलाई नै वडाले वढी प्राथमिकता दिदै आएको छ,हाम्रो अभियान भनेको वडालाई कच्ची सडक मुक्त वनाउने अभियान हो,सोही अनुसार काम तीव्र गतिमा अघि वढाएका छौं।’ 

क्रमसः वडाको सडक निर्माणलाई क्रमागत योजना अनुसार अघि वढाउँदै जाने योजना वडा कार्यालयको रहेको छ । वडाले यो आर्थिक वर्षमा आधा दर्जन स्थानमा पिच सडक विस्तार गर्नको लागि काम गरेको छ ।

जस अन्तर्गत धरान १९ को किराँत मार्गको बाटोलाई कुल वजेट ६ लाख ५० हजार वडाको वजेटबाट ७२ फुटको पीच सहितको सडक वनेको छ । २ सय मीटर बालक मार्गको सडक स्तरउन्नतीका लागि ७ लाख ५० हजार रुपैयाँको वजेटबाट सम्पन्न गरेको छ  भने ६ लाख ५० हजारको बजेट मार्फत मुना मदन मार्ग स्तरउन्नती गरेको छ । यसैगरि वडाले १९ नम्बर वडाकै आनन्द मार्ग डे«न सहित ५ मीटरको बाटो ६ लाख वजेटबाट ग्रावेल सम्पन्न गरेको छ ।

दिपेन्द्र मार्गमा १ सय ५५ मीटरको लुप पिच सडक वनाएको छ भने सृजना मार्गमा पनि २ सय ५० मीटर कच्ची वाटोलाई पक्की सडक वनाएको छ ।यो सडक निर्माणको लागि वडाले १६ लाख वजेट विनियोजना गरेको थियो । सृजना मार्गको सडक योजना यो आर्थिक वर्षमा वडाकै सवै भन्दा ठुलो योजना हो । 

वडाध्यक्ष लिम्वुका अनुुसार १९ नम्बर वडा पिछडिएको वडा भएकाले वढी प्राथमिकता बाटो र सडक निर्माणलाई दिएको छ । हाल सम्म वडामा ५५ प्रतिशत काम सकिएको छ भने वाँकी क्रमागत योजना अनुसार सडक निर्माण गरिने वताइएको छ ।