धरान । अत्यधिक गर्मी झनै बढेपछि धरान उपमहानगरपालिका भित्र रहेका  विद्यालयहरुमा  विदा  थप गरिएको छ । 

   वुधबार महानगरपालिकाको शिक्षा शाखाले विज्ञप्ती जारी गरि अत्यधिक गर्मी झनै वढ्दै गएको र  पठन पाठनमा समस्या हुने भएकाले हिउँदे र गर्मी विदाबाट विद्यालयले मिलान गर्ने गरि जेठ २५ गते सम्म विदा थप गरेको हो  ।

352491372_1246082496015181_6626379835702002397_n

 यस अघि पनि जेठ १८ गतेदेखि जेठ २४ गते सम्म धरानका विद्यालयहरुमा विदा दिएको छ । शिक्षा महाशाखाले धरानमा सामुदायिक र निजी विद्यालयलाई विदा थप गर्न भनेर महाशाखाले पत्राचार गरेको छ । केही सातादेखि अत्यधिक गर्मीका कारण जनजीवन अत्यन्तै कष्टकर वन्दै गइरहेको छ ।