धरान।वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा अध्ययनरत विद्यार्थीहरुले दुई साता अघि देखि खानेपानी पाउनमा नसकेपछि घर फर्केका छन् ।

प्रतिष्ठानले होस्टेलमा रहेका विद्यार्थीलाई खानेपानी उपलव्ध गराउन नसकेपछि विद्यार्थीहरु अध्ययन गर्न छाडेर आफ्नो घर फर्केका हुन् । अहिले प्रतिष्ठानमा खानेपानीको चरम अभाव रहेको छ ।

352296920_983018992717597_1986338029859877158_n

खानेपानी उपलव्ध गराउन माग गर्दै चिकित्सक,शिक्षक र कर्मचारीहरु आन्दोलित छन् तर अस्पताल प्रशाससनले पानी उपलव्ध गराउन सकेको छैन। 

मंगलवार प्रतिष्ठानले १ हजार भन्दा वढी विद्यार्थीलाई विदा दिएर घर फर्काएको हो । प्रतिष्ठानले विज्ञप्ती जारी गरेर विद्यार्थीलाई पानीको अभाव भएकाले एक हप्ता सम्म विदा दिएको छ ।

यस अघि प्रतिष्ठानका चिकित्सकले पनि ४८ घण्टे अल्मिमेट दिएर सामुहिक विदाको माग गरेर निमित्त उपकुलपति प्राध्यापक डाक्टर संजीव शर्मालाई ध्यानाकर्षण गराउँदै माग पुरा नभए सामुहिक विदा दिन माग गरेका हुन् ।आज अल्टिमेटमको समयअवधी पुरा हुँदैछ ।  

खानेपानीको अभावले चिकित्सक, शिक्षक र कर्मचारीलाई ड्यटी जानको लागि पनि समस्या हुँदै आएको छ भने विरामीको उपचारमा समेत असर गर्न थालेको वताईएको छ । पानीको समस्या समाधान गर्नको लागि प्रतिष्ठान प्रशासनले गंभीरपुर्वक नलिँदा समस्या झन्–झन् जटिल वन्दै गएको छ ।

धरान उपमहानगरपालिका अन्र्तगतको  खानेपानी व्यवस्थापन समितीको बोर्डका पदाधिकारीले पनि प्रतिष्ठनको काकाकुल अवस्थालाई समस्या समाधान गर्न नसक्दा अस्पताल जस्तो संवेदनशील क्षेत्रमा उपचार गर्न आउने विरामीले अव उपचार नपाउने अवस्था श्रृजना हुदैंछ ।