धरान । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा खानेपानीको समस्या समाधान गर्नको लागि अस्पताल प्रशासनले गंभीर वन्न नसक्दा अस्पातलको सेवा नै प्रभावित हुन थालेको  छ । 

विगत १५ दिन देखि प्रतिष्ठान परिसरमा खानेपानीको हाहाकार छ तर अस्पताल प्रशासन समस्या समाधानको लागि गंभीर नवन्दा चिकित्सक, शिक्षक र कर्मचारीलाई समस्या हुन थालेको छ । ड्युटी गर्ने समयमा पानीको जोहो गर्नको लागि सयम दिनु पर्ने वाध्यता भएपछि प्रतिष्ठानले दिने सेवा प्रभावित हुन थालेको हो ।  खानेपानीको समस्याका वारेमा सन्चारकर्मीले वुझ्न खोज्दा प्रतिष्ठानका जिम्मेवार पदाधिकारी पन्छिने गरेका छन् । 

डेढ महिनादेखि प्रतिष्ठान भित्र खानेपानीको समस्या भएपछि १५ दिन देखि यता भने चरम अभाव हुन थालेको छ । सोमबार चिकित्सकहरुले तीन दिनभित्र खानेपानीको समस्या समाधान गर्न अल्टिमेटम सहित सामुहिक विदाको माग गरेका छन् ।निमित्त उपकुलपति समक्ष ४८ घण्टा भित्र खानेपानी व्यवस्थापन गर्न माग गर्दै सामुहिक विदाको माग गरेको हो  । 

समाजका अध्यक्ष डा.सरोज खानका अनुसार ड्यूटी समयमा खानेपानीको लागि दुगर्नु पर्ने वाध्यकारी अवस्था हँुदा प्रतिष्ठानको सम्पुर्ण सेवा प्रभावित हुन थालेको वताउनु भएको छ । उहाले भन्नु भयो,म आफै आज ड्यूटी गर्ने समय त भयो तर खानेपानीको लागि कुद्नु पर्यो, वोतल वोकेर खानेपानीको लागि जंगलमा पुग्नु पर्छ,अव हामी कसरी ड्यूटी गर्न जानु त ?’

होस्टलमा रहेका विद्याथीहरुको त झनै विजोग भएको छ भने उपचार सेवामा पनि असर गर्न थालेको डा. खानको भनाई छ । यता अस्पताल प्रशासनले भने खानेपानीको मुख्य जिम्मेवार निकाय भनेको धरान उपमहानगरपालिका भएकाले समाधानको लागि प्रशासनले उपमहानगरसँग समन्वय गरेपनि सुनुवाई नभएको जनाएको छ ।

पानीको अभावले आवास,होस्टल लगायत क्षेत्रमा मात्र होइन,अस्पताल सेवा पनि प्रभावित भइरहेको छ । प्रतिष्ठानका रजिष्टार प्रोफेसर डाक्टर सूर्य संग्रालयले खानपानीको समस्या समाधान धरान उपमहानगरपालकाले गर्नु पर्ने वताउनु भएको छ।

उहाँले भन्नु भयो,‘पानीको समस्या प्रतिष्ठानको मात्रै होइन,धरानकै समस्या हो,उपमहानगरलाई पनि भनेका छौं,केही स्थानमा पम्प विग्रिएको छ, तर पम्पको अहिले सम्म मर्मत संभार भएको छै,गर्ने सम्म त गरि नै रहेका छौ,अव के गर्नु त ?’

प्रतिष्ठानको खानेपानी स्रोत र पाइपलाइन,रिजर्ब वेयर लगायत संरचना छुट्टै भएपनि सञ्चालन, वितरण भने विगतमा खानेपानी संस्थान र हालमा धरान खानेपानी व्यवस्थापन बोर्डले गरिरहेको छ ।

दुई सातादेखि भने बोर्डले माग वमोजिम पानी आपूर्ति गर्न सकेको छैन । यसले प्रतिष्ठानका कर्मचारी, डाक्टर र विद्यार्थीहरुको आवास क्षेत्रमा समस्या छ भने अस्पताल सेवामा पनि प्रभावित बनाएको छ । प्रतिष्ठानमा दैनिक ४० लाख लिटर पानीको आवस्यकता पर्दछ भने हाल दैनिक ५ लाख लीटर पानी त्यो पनि मुक्किलले अपूर्ती हुने वताइएको छ ।

FB_IMG_1686050632643