यौन दुव्र्यवहारको आरोपी कृषि विज्ञ मदन राई रिहा 

खोटाङ – खोटाङका कृषि विज्ञ मदन राईलाई धरौटीमा रिहा गरिएको छ । 

राईलाई यौन दुव्र्यवहारको आरोप लागेको थियो र वैशाख २९ गते राईलाई पक्राउ गरिएको थियो । 

सोमवार पुर्पक्षका लागि चार लाख रुपैयाँ धरौटीमा छुटेका जिल्ला अदालत खोटाङका स्रेस्तेदार रामाकान्त यादवले जानकारी दिनुभयो । 

राई दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्मामा रहेको शुभद्रा मदन शुभम फाउन्डेशनका संस्थापकरसञ्चालक हुन् । फाउन्डेशनमा सात वर्ष बसेर बाहिरिएकी १६ वर्षीया छात्राले राईले आफूलाई यौन दुव्र्यवहार गरेको उजुरी दिएकी थिइन् । त्यही उजुरीका आधारमा राई पक्राउ परेका थिए । 

जिल्ला न्यायाधीश शुभाषबाबु पुरीको एकल इजलासले मुद्दाको फैसला नभएसम्म पीडित छात्राको अन्तरिम संरक्षणका लागि फाउन्डेशनमा जान नपाउने गरी धरौटी तारेखमा रिहा गरेको हो । आरोपीविरुद्ध जेठ २१ गते सरकारी वकिलको कार्यालयले जिल्ला अदालतमा बाल यौन दुरुपयोगसम्बन्धी अभियोग पत्र दायर गरेको थियो । अभियोगपत्रमा राईलाई तीन वर्ष कैद र ७५ हजार रुपैयाँ जरिबाना माग गरिएको छ ।