धरान ।धरानमा आइतबारदेखि शुरु भएको ३ दिने चलचित्र पत्रकारिता कार्यशाला आज दोश्रो दिन पनि जारी छ । 

उक्त कार्यशाला चलचित्र पत्रकार संघ सुनसरीकाे आयोजना , चलचित्र विकास बोर्ड र धरान उपमहानगरपालिकाको सहयोगमा   भएकाे हो । 

4

आयोजक चलचित्र पत्रकार संघ सुनसरीका अध्यक्ष विनोद विश्वकर्माले  भन्नु भयो ,‘चलचित्र पत्रकारिता पनि  पत्रकारिता भित्रको छुटट् विधा हो र अभिन्न अंग  हो,त्यसैले यस क्षेत्रमा पनि पत्रकारलाई  दक्ष वनाउने हाम्रो अभिप्रायःहो,कार्यशाला अविधीभरी पत्रकारिताको  आचारसंहिता,सन्चार कानुन,फिल्म समीक्षा, डिजिटल पत्रकारिता,समाचार भर्सेस गसिप, फिल्म पत्रकारिता,फोटो र मल्टिमिडिया  लगायतको ज्ञान दिने छौं ।

3 1

नेपाली चलचित्र तथा पत्रकारिता क्षेत्रमा दख्खल राख्ने निर्देशक भिषण राई,चलचित्र निर्देशक लक्ष्मण सुवेदी, चलचित्र पत्रकार विजय आवाज,शिक्षक रोनिश राउते लगायतको प्रशिक्षण प्रशिक्षार्थीहरुले लिइरहेका छन् । 

348360322_212249754962256_4116603918132307267_n

सुनसरीका विभिन्न सञ्चारमाध्यममा आवद्ध करिब दुई दर्जनभन्दा वढी पत्रकारहरुको कार्याशालामा सहभागिता छ । तालिम भोली समापन गरिने आयोजकले जनाएको छ ।