धरान ।आज ( सोमबार ) विश्व वातावण दिवस । धरान उपमहानगरपालिका वडा नम्बर ६ मा एक घर एक विरुवा रोप्ने अभियान शुरुवात गरिएको छ । 

पानवारी सामुदायिक वन उपभोक्ता समुहको अगुवाईमा वन समितीले ६ नम्बर वडा समिती,टोल विकास संस्था,संघ संस्था र वन उपभोक्ता समितीको उपस्थितीमा विश्व वातावरण दिवसको अवसरमा उक्त अभियानको औपचारिक रुपमा शुरुवात गरेकाे  हो ।

3

वन समुहको कार्यालयबाटै वृक्षारोपण गरेर सो अभियानको शुरुवात गरिएको वन समुहका अध्यक्ष भुपाल राईले वताउनु भएको छ । उहाँका अनुसार वन कार्यालय,वडा कार्यालयसँग सहकार्य गरेर रहेक उपभोक्तालाई विरुवा रोपेर वातावरण संरक्षणमा सहयोग पुर्याउने भएको छ ।  

अध्यक्ष राईले कार्यक्रममा सहभागिहरुलाई धन्यवाद दिदैं वडालाई सरसफाई र वातावरणको दृष्टिले नमुना वडा वनाउनको लागि वन उपभोक्तालाई जागरुप वनाउने र सोही अनुसार वनको अगुवाईमा सरसफाई अभियान सन्चालन गर्दै आएको पनि वताउनु भएको छ ।

उहाँले भन्नु भयो,अव हामी हरेक वन उपभोक्ताको घर घरमा विरुवा रोप्ने अभियान पनि सन्चालन गर्दछौ र आजैदेखि वन समुहमा वृक्षारोपण गरेर यसको सुरुवात गरेका  छौ।ं

 वन समितीको हलमा आयोजना गरेको कार्यक्रममा प्रमुख अतिथी   ६ नम्बर वडाका वडाध्यक्ष  भुपेन्द्र  भट्टराईले वडालाई वातावरण स्वच्छ राख्नको लागि आम वडावासीलाई सरसफाईमा विशेष ध्यान दिनको लागि आग्रह गर्दै वडाको तर्फबाट सहयोग गर्ने पनि प्रतिवद्धता व्यक्त गर्नु भएको छ ।

 वन समहको अगुवाईमा हरेक महिनाको दई पटक वडाको फोहोर संकलन गर्ने क्रममा फालिएका फोहोरलाई व्यवस्थापनको गर्नको निम्ति डम्पिङ साइड वनाएर फोहोरलाई व्यवस्थापन गरेको छ  । वनकै क्षेत्र पर्ने जंगलमा आज जेसिवी लगाएर प्लाष्टिक जन्य पदार्थलाई खाल्डो खनेर व्यवस्थान वन समुहले  गरेको छ । 

वन समुहले वडाका उपभोक्तालाई सिसा र प्लाष्टिजन्य बस्तुलाइ जथाभावि नफाल्न पनि आग्रह गरेको छ र कोही कसैले उलंग्घन गरेमा वडा समिती मार्फत कार्वाही समेत गरिने भएको छ । 

350097197_172589579104416_3264659733715389212_n

 कार्यक्रममा पाँचकन्या सव डिभिजन कार्यालयका तिनकुनेका अधिकृत महेश कुमार शाह  विशेष अतिथी,सोही कार्यालयका राम घिमिरे , वन समुहका पुर्व वडाध्यक्ष मान वहादुर योन्जन , ६ नम्बर वडाका वडा सदस्य र सामाजिक संघ संस्थाका प्रतिनिधीहरुको सहभागिता रहेको थियो । 

 यस वर्ष संयुक्त राष्ट्रसङ्घको मूल नारालाई स्थानीयकरण गर्दै नेपालमा यस वर्ष ‘प्लाष्टिकजन्य प्रदूषण निर्मूल पारौँ, वातावरणमैत्री विकल्पको उपयोग गरौँ’ भन्ने नाराका साथ वातावरण दिवस मनाइँदैछ।

संयुक्त राष्ट्रसङ्घको महासभाले गरेको घोषणा तथा संयुक्त राष्ट्रसङ्घीय वातावरण कार्यक्रमको अग्रसरतामा सन् १९७३ देखि प्रत्येक वर्ष जुन ५ का दिन विश्वभर विश्व वातावरण दिवस मनाइन्छ।नेपालले पनि प्रत्येक वर्ष यस दिनमा विश्व वातावरण दिवस मनाउने गरेको छ ।

वन तथा वातावरण मन्त्रालय अन्तर्गतको वातावरण विभागले यस अवसरमा वातावरण संरक्षण र प्रवद्र्धनसम्बन्धी विविध कार्यक्रम गर्दै आ–आफ्नो स्थानबाट यस दिवस भव्य र सभ्यरुपमा मनाउनका लागि सबै स्थानीय तह, प्रदेश सरकार, सङ्घीय सरकार एवं सरकारी तथा गैरसरकारी निकाय, सम्बन्धित सरोकारवाला र आमसर्वसाधारणमा अनुरोध गरेको समेत गरेको छ ।यसैवीच धरानमा पनि विभिन्न कार्यक्रम गरि विश्व वातावरण दिवस मनाईदैछ।