चैनपुर  / संखुवासभाको चैनपुर नगरपालिकाका् महिला तथा बालबालिका शाखाले संखुवासभा बहुमुखी क्याम्पस चैनपुरमा स्नातक तह अध्ययनरत विद्यार्थीहरुका लागि डिभ्लाेमा लेभलको निशुल्क कम्प्युुटर तालिम आयोजना गरेको छ । 

प्राविधिक शिक्षा तथा व्यवसायी तालिम परिषद(सिटिइभिटी)को कोर्ष अनुसार ४५ दिने तालिम शुरु गरिएको हो । मिसन आइटी सोलुसन खाँदबारीले विद्यार्थीहरुलाई यही जेठ १८ गतेदेखि प्रशिक्षण दिइरहेको छ ।

350804978_790252722761112_9098827427912259884_n

तालिमको उद्घाटन शुक्रबार चैनपुर नगरपालिकाका मेयर कृष्ण तामाङले उद्घाटन गर्नु भएको थियो । अध्ययन लगभग सक्न लागेका युवा विद्यार्थीहरुलाई कम्प्युटरको ज्ञान दिन सके उनीहरुलाई रोजगारीका अवसर पाउने भएकाले यस्तो तालिमको आयोजना गरिएको महिला तथा बालबालिका शाखा  संयोजक समेत रहनु भएकी उपमेयर एलिना श्रेष्ठले जानकारी दिनुभयो । उपमेयर श्रेष्ठकाे अध्यक्षतामा उद्घाटन कार्यक्रमकाे आयाेजना गरिएकाे थियाे ।

'विपन्न विद्यार्थीहरुले आर्थिक अभावले कम्प्युटर सिक्नबाट बाञ्चित भई रोजगारको अवसर गुुमाउन नपरोस भनेर क्याम्पसका ८० जना विद्यार्थीहरुलाई प्रशिक्षण दिइरहेका छौं ।' - उहाँले भन्नुभयो - 'यो तालिम पछि स्नातक गरेका विद्यार्थीहरुले रोजगारी सहज पाउने छन् ।'

आफु नगरपालिकामा रहुञ्जेल यो कार्यक्रमलाई निरन्तर दिइने उपमेयर श्रेष्ठले बताउनु भयो । यो बर्ष तीन लाख बजेट रहेको छ । अर्को बर्ष पनि बजेट छुटाएर तालिम प्रदान गर्ने योजना रहेको उहाँले जानकारी दिनुभयो ।  

350869131_949792406223166_6668024345594108025_n

350819451_647092204126996_3420027708328834201_n