धरान ।स्वास्थ्य जस्तो संवेदनशील क्षेत्र वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा  खानेपानीको चरम अभाव भएको छ । 

शुक्रवारदेखि प्रतिष्ठानका विद्यार्थी र कर्मचारीहरु खानेपानीको चरम अभाव भएको भन्दै आन्दोलित  छन् । धरान उपमहानगर पालिका र प्रतिष्ठान व्यवस्थापनलाई न्युनतम खानेपानी उपलव्ध गराउनको लागि ३ दिने अल्मिेट समेत दिएका छन् ।

कर्मचारी कल्याण समाजको अगुवाईमा विद्यार्थी सहितले शान्तिपुर्ण आन्दोलन गर्दै रित्तो बाल्टी र वोतल वोकेर प्रतिष्ठान व्यवास्थापनलाई दवाव दिएका थिए ।सो अल्टिमेटम समेत वेवास्ता गरे प्रतिष्ठानको इमेरजन्सी सेवा वाहेक सम्पुर्ण सेवाहरु ठप्प पार्ने भएका छन् ।खानेपानीको समस्या प्रतिष्ठानका कर्मचारी,विद्यार्थी, मजदुर लगायतको मुख्य गरि भोग्नु परेको छ ।

आवास क्षेत्र सहित सिंगो प्रतिष्ठानमा नै खानेपानीको चरम अभाव भएको वताइएको छ । खानेपानी माग गर्दै उनीहरुले प्रतिष्ठानका पदाधिकारी सहित जनप्रतिनिधीलाई समेत ध्यानाकर्षण समेत गराएका छन् । प्रतिष्ठानमा करिब दुई सातादेखि खानेपानीको चरम अभाव भोग्नु परेको छ ।

४० लाख लीटर दैनिक पानीको आपुर्ती हुने स्थानमा अस्पतालको उपचार सेवा नै प्रभावित हुन थालेको आन्दोलनरत विद्याथीहरुले वताएका छन । विद्यार्थी कल्याण समाजका अध्यक्ष  अध्यक्ष ओमशान्ति रजकका अनुसार खानेपानीको समस्या समाधान गर्नको लागि २ सातादेखि अस्पताल प्रशासनलाई पटक–पटक ध्यानाकर्षण गराएपनि वेवास्त गरेपछि वाध्य भएर आन्दोलनमा उत्रनु परेको वताउनु भयो । उहाँले भन्नु भयो,‘विद्यार्थी कर्मचारी र अन्यलाई मात्रै होइन विरामी उपचारमा समेत खानेपानीको कारण समस्या हुन थालेको छ,किन अस्पताल जस्तो क्षेत्रमा खानेपानी अभाव हुँदा गैह्र जिम्मेवार वनिरहेका छन्,चाँडो समस्या समाधान नभएको खण्डमा हामी नो वाटर नो वर्कको नारा सहित आन्दोलन गर्ने छौ।’  

धरान ४ स्थित शिवजट्टा र भालुखोला र चार कोशे जंगलको पानी प्रतिष्ठानका लागि खानेपानी आपुर्ती हुँदै आएको छ । तर सख्खा यामको समयमा मुहान नै सक्ने भएकाले पानी आपुर्तीमा कमी आउने गरेको छ । 

वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा रजिष्टार प्रोफेसर डाक्टर सूर्य संग्रालयले खानपानीको समस्या समाधान धरान उपमहानगरपालकाले गर्नु पर्ने वताउनु भएको छ। उहाँले भन्नु भयो,‘पानीको समस्या प्रतिष्ठानको मात्रै होइन,धरानकै समस्या हो,उपमहानगरलाई पनि भनेका छौं,केही स्थानमा पम्प विग्रिएको छ, आज एक स्थानको पम्प वन्छ होला,गर्ने सम्म त गरि नै रहेका छौ,अव के गर्नु त ?’

यस अघि पनि प्रतिष्ठानमा खानेपानीको चरम अभाव हुँदै आएको थियो भने अहिले पनि सो समस्या त्यस्तै नै छ ।  

।