धरान । एस.ई.ई.दिएर बसेका विद्यार्थीहरूलाई लक्षित गरेर आयोजना गरिएको एस.ई.ई.स्पिकर-२०८०,सिजन-३ को सनिबार सम्पन्न सेमिफाईनलबाट उत्कृष्ट १० जना फाईनलमा प्रवेस गरेका छन।

         फाईनलमा प्रबेस गर्नेहरुमा शारदा बालिका मा.बि.की अनुस्का राई, धरान आदर्श बोर्डिङ मा.बि. धरानका सुदर्शन ढुङ्गेल, नबोदय बिद्या मन्दिर बोर्डिङ धरानकी सोप्रीया राई, चन्द्र संस्कृत मा.बि. धरानका सागर दाहाल, जनता मा.बि. नडाहाकी अनिता कार्की रहेका छन। अन्य फाईनलमा प्रबेस गर्नेहरुमा सरस्वति मा.बि. पानमारीका दिनेस खरेल, बिपना मग्राति र स्नेहा निरौला, ज.डे.ज. मा.बि. कालाबन्जारकी मुना कटुवाल र भरौल बाल मन्दिर बोर्डिङकी एन्जिला कार्की रहेका छन। -याडिकल लाईट नेपाल प्रा.लि.धरानको आयोजनामा  गत ज्येष्ठ ११ गते सम्पन्न भएको दोश्रो चरणको प्रतियोगीताबाट १४ जना सेमिफाईनलमा प्रबेस गरेका थिए। कार्यक्रम धरान-१३ नम्बर वडा कार्यालय स्थित ज्येष्ठ नागरिक तथा वडा बाल सन्जालको भवनमा भएको थियो। प्रा.लि. का अध्यक्ष तिर्थ कार्कीको  अध्यक्षतामा भएको कार्यक्रममा  धरान-१३ का  वडा अध्यक्ष नेत्र प्रसाद काफ्ले प्रमुख अतिथि रहनु भएकाे थियाे। सहभागिहरुले "सामाजिक संजालको प्रयोगले विद्यार्थीमा पर्ने प्रभाव" शिर्षकमा बोलेका थिए। ग्राण्ड फिनाले आगामि असार-२ गते सनिबार हुने आयोजकले जनाएको छ।

एस.ई.ई.दिएर बसेका विद्यार्थीहरुको खाली समयको सदुपयोग गर्दै उनीहरुको ब्यक्तित्व र नेतृत्व बिकास गर्न  प्लेट फर्म प्रदान गर्ने उद्येश्यले प्रतियोगिताको आयोजना गरिएको प्रा.लि. का अध्यक्ष तिर्थ कार्कीले बतउनु भयाे। प्रतियोगिताको निर्णायकहरुमा महेन्द्र बजुमुखी  क्याम्पसका उप-प्राध्यापक  राजेस बिद्रोही र सहिद स्मृति मा.बि. का अङ्ग्रेजी शिक्षक टंंक भट्टराई रहनु भएकाे थियाे। एस.ई.ई. स्पिकरको बिजेताले २० हजार रुपैया नगद, प्लस टु अध्ययनका लागि पुर्ण छात्रबृत्ति प्राप्त गर्नेछ। फष्ट रनर अपले १५ हजार रुपैया नगद, प्लस टु अध्ययनका लागि ६० प्रतिशत छात्रवृत्ति प्राप्त गर्नेछ भने  सेकेण्ड रनर  अपले १० हजार रुपैया नगद  र प्लस टु अध्ययनका लागि ५० प्रतिशत छात्रवृत्ति प्राप्त गर्नेछ। त्यस्तै सान्त्वना स्थान ल्याउनेले ५ हजार रुपैया नगद र प्लस टु अध्ययनका लागि ४० प्रतिशत छात्रवृत्ति प्राप्त गर्ने आयोजकले जानकारी दिएको छ।कार्यक्रमको  सन्चालन नबिना मग्राति र इशुम लिम्बुले गर्नु भयाे ।