उदयपुर /नेपाल पत्रकार महासंघ काेशी प्रदेश समिति विराटनगरले ३ दिने मल्टिमिडिया तालिम उदयपुरकाे बेलका नगरपालिकामन शुक्रबारदेखि शुरु  गरेको छ ।                                                    आन्तरिक मामिला तथा कानुन मन्त्रालय काेशी प्रदेशकाे सहयाेगमा भएकाे कार्यक्रममा भोजपुर, धनकुटा, सुनसरी, मोरङ, उदयपुर, खाेटाङ, आेखलढुङ्गा, साेलुलगायत जिल्लाबाट सहभागिता रहेकाे छ । 

 कार्यक्रममा पत्रकार महासंघका केन्द्रीय सदस्य भिष्ण राई, पत्रकार महासंघ कोशी प्रदेशका अध्यक्ष लिलाबल्लभ घिमिरे,उपाध्यक्ष हेमा चेम्जोङ, महासचिव विवेक गौतमले पत्रकारितामा  टिकिरहन मल्टिमिडियाकाे ज्ञान जरूरी भएकाे बताउनु भएकाे छ ।

पत्रकार महासंघका उदयपुर जिल्ला अध्यक्ष भरत खडकाले सहभागिहरूलाई स्वागत गर्नु भएकाे थियाे ।

कार्यक्रममा वेलका नगरपालिका मेयर अशोक  कार्कीले नगरकाे बस्तुस्थितिबारे जानकारी गराउनु भयाे ।     

आइतबारसम्म चल्ने तालिममा सहभागिहरूलाई मल्टिमिडिया प्रयाेगमा पाेख्त बनाउन आवासिय तालिमकाे आयाेजना गरिएकाे तालिम संयाेजक देवेन्द्र कार्कीले जानकारी दिनु भयाे ।

तालिमकाे सहजिकरण भिषण राईले गरिरहनु भएकाे छ ।  

IMG20230602173756