बराहक्षेत्र ।ग्रामिण पत्रकार समूह बराहक्षेत्रकाे  वुधबार चाथोै साधारणसभा सम्पन्न  भएकाे छ  । साे  साधारणसभा ले  हिरण्य कार्कीको नेतृत्वमा ७ सदस्यीय समिति सर्वसम्मत चयन गरेको छ ।

नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य एवम् निर्वाचन समितिका संयोजक भिषण राईका अनुसार  उपाध्यक्षमा कृष्णकुमार श्रेष्ठ (अर्जुन), सचिवमा सुबिन विश्वकर्मा, सहसचिवमा सुदन गुरागाईं, कोषाध्यक्षमा गंगाकुमारी भट्टराई चयन हुनु भएको छ  भने सदस्यहरुमा सिर्जना थापा र राजन घिमिरेलाई चयन गरिएको छ ।

नेपाल पत्रकार महासंघ महासंघका केन्द्रिय सदस्य भिषण राईको संयोजकत्वमा नवराज बिष्ट र छबिना मगर सदस्य रहनेगरी ३ सदस्यीय निर्वाचन समिति गठन गरिएको थियो । 

ग्रामिण क्षेत्रका पत्रकारहरुको छाता संगठनको रूपमा कार्यरत यस् संस्थाले पत्रकारको हकहितमामा क्रियाशील रहेको छ  ।पत्रकारहरुकाे समुहमा  बराहक्षेत्रका  ३० जना भन्दा बढी सदस्यहरु  आवद्ध छन् भने  १७ जना नेपाल पत्रकार महासंघका साधारण सदस्य छन् ।