धरान / तीन दिन यता अत्याधिक गर्मी बढे पछि स्थानीय तहहरुले विद्यालयहरु बन्द गर्ने निर्णय गरेका छन् । धरान उपमहानगरपालिकाले धरानका सामुदायिक तथा संस्थागत विद्यालयहरू जेठ १८ बिहीबार देखी जेठ २४ सम्म एकसाता बिदा दिने निर्णय गरेको छ । 

उपमहानगरपालिकाद्वारा प्रकाशित सूचनामा नगर प्रमुख स्तरिय निर्णय अनुसार बिदा दिइएको जनाइएको छ । उक्त बिदा वर्खे बिदामा मिलान गरिने उल्लेख छ ।

केही दिन देखी अत्याधिक गर्मी बढेका कारण विद्यालयहरूमा पठन पाठन गराउन धेरै समस्या भएकोले विद्यालयहरूबाट बिदा मिलाउन अनुरोध आएकाले उक्त निर्णय गरिएको सूचनामा बताइएको छ ।

धरानमा दिउँसो चर्को घाम लाग्ने, अत्याधिक गर्मी हुने गरेको छ । तापक्रम आज १२ बजेको समयमा ३२ डिग्री सेल्सियस पुगेको थियो । बुधबार ३८ डिग्री तापक्रम थियो ।  यसैगरि इटहरी उपमहानगरले २० गतेसम्म विदा दिएको छ । यस्तै इनरुवा र दुहवीले पनि विदा दिएको छ ।

मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार हाल देशमा  पश्चिमी  वायुका साथै स्थानीय वायुको सामान्य प्रभाव रहेको छ।

350727089_808608297632389_3636730750873925983_n