धरान । भोलीदेखि  देखि काठमाडौमा हुन लागेको मदन भण्डारि ओपन बास्केटबल प्रतियोगितामा प्रतिस्पर्धाका लागि आज( विहीबार ) धरान महिला बास्केटबल टिम काठमाण्डौ  प्रस्थान गरेको छ ।

350780774_245343724747343_987786451385050873_n

 धरान महिला टिमलाइ धरान रंगशाला बास्केटबल कोर्टमा सुनसरी बास्केटबल संघका अध्यक्ष नारायण सुबेदीले वुधबार जर्सी हस्तान्तरण गर्दै बिदाइ गर्नु भएको थियो  ।       मदन भण्डारी स्पोर्ट्स एकेडेमीको आयोजनामा हुन लागेको महिला पुरुष ओपन बास्केटबल प्रतियोगितामा धरानबाट महिला टिमले सहभागिता जनाउन लागेका हुन् ।

350870270_786686506300378_7642967167481893318_n

धरान बाट  राष्ट्रिय खेलाडी डा. आशा राइको कप्तानिमा तनु राई, आस्था राई, एल्भिना गुरुङ्ग, इक्सा लिम्बू रन्जिता, रेनुका लिम्बू, निवा लिम्बू, नुमा लिम्बू, महिमा कटुवाल र दिया कोयु राई रहनु भएको छ भने प्रशिक्षकमा बिकाश चाम्लिङ राई र सहायक प्रशिक्षकमा युगल लिम्बू हुनु हुन्छ  ।

         महिला तर्फ ६ वटा टिम रहेको मध्ये काठमाडौ बाहिर बाट धरान महिला टिमले मात्र सहभागिता जनाएको छ ।  राउन्डरोबिन आधारमा हुने प्रतियोगितामा धरानले ५ खेल खेल्नेछन । बिदाइ कार्यक्रममा सुनसरि बास्केटबल संघका अध्यक्ष सुवुदीले   खेलाडीहरुलाइ सफलताको शुभकामना दिदैं  अनुशासित भएर आफुले सक्दो उत्कृष्ट प्रदर्शन गरेर विजय हासिल गर्न खेलाडीहरुलाई आग्रह गर्न् भयो ।