धरान।रिता सुन्दास धरान उपमहानगरपालिका वडा नम्बर १ को दोश्रो पटकको स्थानीय तहको निर्वाचनद्धारा जन निर्वाचित वडा सदस्य हुनु हुन्छ । 

उहाँ २०७९ सालको स्थानीय तहको निर्वाचनबाट पुनःनिर्वाचित हुनु भएको हो । उहाँले पहिलो स्थानीय तहको निर्वाचनमा ९ सय भन्दा वढी मत प्राप्त गरि विजयी हुनु भएको थियो भने दोश्रो पटक २०७९ सालमा भएको निर्वाचनमा पनि ९सय ६८ मत ल्याएर पुनः वडाको जिम्मेवारी प्राप्त गरेर अहिले सक्रिय जनप्रतिनिधीको रुपमा भुमिका निर्वाह गर्दै हुनु हुन्छ ।

350366255_793173942207113_5753956128230505782_n (1)

नेपाली काँग्रेसको आस्था राखेर पार्टी राजनीतिमा प्रवेश गर्दा धरान १ को लक्ष्मी चौकमा सामान्य गृहिणी हुँदै  जीविको पार्जनको लागि व्यूटि पार्लर व्यवसाय सन्चालन गर्दै आउनु भएको थियो ।

विगतको अनुभव  

सामान्य जीवन यापन र घरदेखि वाहिर ननिस्केकी सुन्दासलाई शुरुका दिनमा काम गर्नको लागि निकै नै गाह्रो भयो । शुरु–शुरुका दिनहरुमा के गर्ने,कसो गर्ने भनेर अन्यौल मात्रै होइन वोल्न समेत नसक्ने भएर उहाँको भौतिक उपस्थित मात्रै हुने गरेको थियो ।

33

वडा कार्यालयमा बैठक र कार्यक्रमहरुमा जाने तर अरुकै कुरामा सहमति जनाउनु र वैठकमा हस्ताक्षर गरिदिनु पर्ने वाध्यता बनेको थियो ।शुरुका दिनमा वोल्न सक्ने,कुनै पनि समस्याहरुमा छलफल र तर्क गर्नु हिम्मत आउँदैन थियो ।

उहाँ भन्नु हुन्छ,‘जनप्रतिनिधी त भइयो तर केही गर्न सकिएन भनेर धेरै पछुतो हुँदैं गयो,आफुमा वोल्न सक्ने क्षमता नहँुदा निरासा हुनु वाहेक केही थिएन,निर्धक्क साथ वोल्न धक लाग्ने र वडाको वैठकमा जे हुन्छ सही गर्नु सिवाय अरु विकल्प नै थिएन।’तर उहाँको त्यो पीडादायी र दुःखदायी बाध्यकारी अवस्था लगभग २ वर्ष मात्रै रह्यो ।

350349562_776046070762832_6601266675177573803_n

सुनसरीमा जिल्लामा महिला जनप्रतिनिधीहरुको क्षमता विकासका लागि काम गर्न ‘सी लीड्स’ परियोजना शुरु भयो । जिल्लाको विभिन्न स्थानीय तहहरुमा महिला जनप्रतिनिधीसँग रहेर परियोजनाको कार्यक्रमहरु सन्चालन हुन थाल्यो ।

धरान उपमहानगरपालिकामा पनि उक्त परियोजनाले काम गर्न शुरु गरेपछि धरानका २० वटाबाट महिला जनप्रतिनिधीहरु कार्यक्रममा सहभागि हुने क्रममा धरान –१ की रिता सुन्दास पनि सहभागि हुने अवसर पाउनु भएको थियो । कार्यक्रममा सहभागि भएपछि उहाँको जीवन गज्जवको परिवर्तन आयो,नेतृत्व क्षमतामा आमुल नै परिवर्तन आयो,हिम्मत,आत्मावल र जोश,जाँगर नै थपिएको अनुभव छ ।

350246566_203315015978627_8672543252596085176_n (1)

‘मलाई त ढुंङ्गा खोज्दा देउता नै मिलेको जस्तो भयो,’ सी लीड्सको परियोजनाको तालिमबाट धेरै कुरा सिक्ने अवसर पाएँ र अहिले यो स्थानमा पुगेको छु। 

तालिम पाएपछि वडाको कार्य वाहक अध्यक्ष सम्म 

एक हप्ता सम्म सी लीड्सको क्षमता विकासको तालिम पाएपछि उहाँमा नेतृत्व गर्ने क्षमता नै विकास भयो । कार्य गर्ने क्षमता नै परिवर्तन आएपछि वडाको हरेक वैठक र कार्यक्रममा आफ्नो कुरा प्रष्ट ढंगले राख्न र तर्क गर्ने क्षमताको पनि विकास भएको उहाँ वताउनु हुन्छ ।

तालिम पछि क्रमैसँग वडाको काम गर्दै जाँदा वडाको कार्यवहाक वडाध्यक्षको भुमिका निर्वाह गर्न सक्ने उहाँमा हिम्मत भयो र वडाध्यक्षले नै सुन्दासलाई जिम्मेवारी दिन थाल्नु भयो । 

विपन्न र गरिव दलितलाई निशुल्क स्वास्थ्य विमा 

उहाँमा जिम्मवारीसँग अव जनताले जसरी आफुलाई जिताएर पठाएका छन्,सोही अनुसार जनताको लागि काम गर्नु पर्छ भनेर वडाको विकासको हरेक योजनामा महत्वपूर्ण भमिका निर्वाह गनु थाल्नु भयो ।

तिनै विपन्न गरिब र दलित समुदायको लागि उहाँले नयाँ सोच र योजना ल्याएर स्वास्थ्य विमा वडा नै गरिदिने व्यवस्था गर्नु भयो । शुरुका दिनमा १० जनाबाट निशुल्क स्वास्थ्य विमा कार्यक्रम क्रमसः  दोश्रो वर्ष ३० जनालाई स्वास्थ्य विमा वडा मार्फत गराउन सफल हुनु भयो ।

अहिले पनि सो निःशुल्क स्वास्थ्य विमा योजना निरन्तर प्रभावकारी रुपमा सन्चालन भइरहेको छ ।वडाकै प्रभावकारी योजना निरन्तर अघि वढ्ने योजना स्वास्थ्य विमा निशुल्क कार्यक्रम सी लिड्सको तालिमबाटै हिम्मत र होैसला पाएर शुरुवात गरेको सुन्दास वताउनु हुन्छ । 

वडा सदस्य हुँदै पार्टीको जिल्ला सदस्यसम्म 

सुन्दास परियोजनाले सन्चालन गरेको लगभग १० वटा भन्दा वढी तालिममा सहभागि हुने अवसर पाउनु भएको थियो । धरानमा मात्रै होइन,विराटनगर र काठमाण्डौसम्म उहाँले तालिममा सहभागि हुने अवसर पाउनु भयो । नेपाली काँग्रेस पाटीमा साधारण सदस्य मात्रै रहनु भएकी सुन्दास वडाको जिम्मेवारीसँग पार्टीले नेतृत्व तहमा पु¥याएको छ । हाल उहाँ सुनसरी क्षेत्र नं १ को क्षेत्रीय सदस्य हुँदै नेपाल काँग्रेस सुनसरीको १४ औं जिल्ला अधिवेशनबाट जिल्ला सदस्यमा भारी मत ल्याएर विजयी हुनु भएको छ । उहाँ भन्नु हुन्छ,‘यो मेरो जीवनको सफलताको श्रेय सी लीड्सलाई हो,म धन्यवाद दिन्छु,हामी जस्ता महिलालाई अघि वढाउनको लागि ठुलो देन छ,अहिले त म निर्धक्कसाथ कुरा राख्छु,गल्तीलाई गल्ती नै भन्न सक्छु,सही कुराको लागि कोहीसँग डर लाग्दैन।’अव वाँकी जीवन म सक्रिय राजनीतिमा नै विताउँछु ।   

        धरानमा सी लीड्सको कार्यक्रम प्रभावकारी 

धरानकी रिता सुन्दास मात्रै होइन,उहाँ अलवा अरु महिला जनप्रतिनिधीको पनि सी लीड्सले परिवर्तन ल्याएको छ । तालिमबाट क्षमता विकास भई नेतृत्व गर्न सक्ने सक्ष्म महिला जनप्रतिनिधी वन्न सफल हुँदै गएका छन् । प्रायः धेरै महिलाहरु पुन निर्वाचित भएर अघि वढेका छन् ।

स्वीस सरकार बिकास नियोग र अस्ट्रेलियन एडको आर्थिक सहयोगमा दलित महिला केन्द्र नेपालसँंगको साझेदारीमा शि लिड्स परियोजना नेपालमा सन्चालन हुँदै आएको छ ।परियोजनाको सुनसरी जिल्ला संयोजक राम सुन्दर महेताको अनुसार ४ वर्ष अघिदेखि सुनसरीको जिल्लाको ५ वटा स्थानीय तहमा सन्चालनमा रहको छ। 

धरान उपमहानगरपालिका ,दुहवी नगरपालिका,रामधुनी नगरपालिका र भोक्राहा गाउ पालिकामा यो कार्यक्रम सन्चालनमा रहेको छ । २०७९ सालबाट जन निर्वाचित महिलाको क्षमता विकासको लागि दोश्रो चरणको कार्यक्रम गरि सकेको छ भने अव तेश्रो चरणको तालिम गर्ने तयारी रहेको कार्यक्रम संयोजक मेहताले वताउनु भएको छ ।

परियोजनाले चुनावमा उम्मेद्धवार वनेर पराजित भएका महिला उम्मेद्धवारलाई समाजमा रहेर काम गर्नको लागि एड्भोकेसी तालिम पनि दिने गरेको छ भने महिला सदस्यलाई काम गर्न सहजता र पारिवारिक वतावरण वनाउन परिवारको सदस्यसँग कार्यक्रम गर्ने गरेको छ ।