धरान /  वर्षेनी हुने बढि पहिरोलगायतको प्राकृतिक विपद व्यवस्थापको लागि कोशी नदिमा नेपाली सेनाले विपद प्रतिकार्य अभ्यास गरेको छ । कोशी प्रदेश सरकारकाे  आन्तरिक मामिला तथा कानुन मन्त्रालयकाे  आयोजनामा मंगलवार वराहक्षेत्र र बेलका नगरपालिकाकाे कोशी पुलस्थित नदिमा ‘प्रदेशस्तरिय विपद प्रतिकार्य संयुक्त अभ्यस मनसुन–३’को अभ्यास गरेको हो ।

नदिमा विहान करिव ९ बजे बाढि तथा डुबा नहु“दा मानविय जोखिम तथा क्षति न्यूनिकरण, खोज, उद्धार र   राहत कार्यको पूर्वतयारीको लागि नदिमा सिमुलेशन एक्रसाइज गरिएका ेधनकुटाको भीमदत्त दल गणका गणपति प्रमुखसेनानी सुमन थापाले बताउनु भयो । 

नेपाली सेना,नेपाल प्रहरी, सशस्त्र प्रहरीवल र नेपाल रेडक्रसका उद्धारकर्ताहरुले नदिमा डुबेकालाई थ्रोब्याग, जिपलाईन, पानी वोटवाट उद्धार गर्ने, यसै गरी अस्पताल पठाउने र प्राथमिक उपचार र चिकित्सक जांच गर्नेलगायतको अभ्यास गरिएको प्रमुख सेनानी थापाले जानकारी दिनु भयो । 

कार्यक्रममा बोल्दै प्रमुख अतिथि कोशी प्रदेशका मुख्यमन्त्री हिक्मकुमार कार्कीले समिति साधन र श्रोतको अभावमा समेत नेपाली सेनाले मौसमजन्य विपत्त बाढि, पहिरो, भुकम्प, आगलागि र सर्पदंश उपचारमा उच्च मानविय कार्य गरेको बताउनु भयो ।

उहाँले सेनालाई उदयपुर जिल्लामा समेत सर्पदंशउपचार केन्द्र खोल्न आग्रह गर्नु भएको छ ।  सरकारको बजेट, नीति र कार्यक्रममा नेपाली सेना प्राथमिकता रहने भन्दै प्रदेश सरकारले सेनालाई लोजिस्टकलगायत तालिमको सहयोग गरिने प्रतिवद्धता व्यक्त गर्नु भएको थियो ।

विपत व्यवस्थापनका लागि सुरक्षा निकायको महत्वपूर्ण भूमीका हुने भएकाले नागरिकको सुरक्षाका लागि तालिमयुक्त जनशक्ति आवश्यक भएको मुख्यमन्त्री कार्कीले बताउनु भएको छ । यस्ता बाढी पहिरोजस्ता विपतका बेला सहयोग गर्न र उद्धारका लागि प्रदेश सरकारले जनशक्ति तयार पारेको पनि उहाँले जानकारी दिनु भयो ।

कार्यक्रमामा पुर्वी पृतना इटहरीका पृतनापति आशाबहादुर तामाङ्ग(पिएचडी) नम्बर २ बाहिनीपति सहायक रथी महेशकुमार थापा, नम्बर १८ बाहिनीपति सहायक रथी सन्तोष राम पाण्डे र नम्बर २१ बहिनिपति सहायकरथी धनवहादुर थापा, पुर्वी पृतनाको ७ युनिट, कोशी प्रदेश नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नम्बर १ बराह बाहिनी अन्तर्गतका फौजहरु लगायतको उपस्थिति रहेको थियो । 

कार्यक्रममा प्रदेश १ सरकारका मन्त्रीहरु, सुनसरीका प्रमुख जिल्ला अधिकारी हेमकला पाण्डे, उदयपुरका जनार्दन गौतम र धनकुटाका प्रजिअ ज्ञानेश्वर गौतम, बेलाका नगरपालिकाका मेयर अशोक कार्की, बराहक्षेत्र नगरपालिकाका मेयर रमेश कार्कीलगायतको उपस्थिति रहेको थियो ।