धरान । धरान उपमहानगरपालिका वडा नम्बर ७ मा आकर्षक पार्क निर्माण भए पछि वडाकै सौन्दर्यता वढेकाे  छ । वडा कार्यालयदेखि दक्षिण खहरेको किनारामा खोलालाई करिडोर निर्माण गरेर त्यहाँ पार्क निर्माण गरिएको छ । वडाले पहिलो स्थानीय तहबाट जन निर्वाचित भुपेन्द्रराज  मोक्तानको स्मृतिमा ३९ लाख रुपैयाँ लगानी गरेर आकर्षक पार्क निर्माण गरेको हाे । 

6


वडाले स्वर्गीय भुपेन्द्रराज मोक्तान जेष्ठ नागरिक स्मृति पार्क भनेर नामाकरण गरेको छ । धरान उपमहानगरपालका वडा नम्बर ७ का वडाध्यक्ष जीवनराज सुवेदीका अनुसार तत्कालिन संघीय साँसद जयकुमार राईको संसद विकास कोष मार्फत १० लाख रुपैयाँ वजेट उपलव्ध भएपछि पार्क निर्माण शुरु गरिएको थियो । उहाँका अनुसार पार्क निर्माण सम्पन्न गर्नको लागि वडाको वजेटसहित जम्मा ३९ लाख रुँपैयाँ वजेटमा पार्क निर्माण सम्पन्न भएको हो ।

7

१ कठ्ठा १४ धुर सरकारी जग्गामा वडाले जग्गाको खोजी गरी पार्क निर्माण गरेपछि हाल आएर वडाकै सुन्दरता वढाएको वडाध्यक्ष सुवेदीले वताउनु भयो। उहाँले भन्नु भयो,-‘खहेर खोला आसपास त्यसै फोहोर मैला र दुर्गन्ध फैलिएको थियो ,खोला किनारा आसपास वस्नै नसकिने अवस्था भएकाले खोलालाई पनि नियन्त्रण गर्दै पार्क निर्माण गरेपछि अहिले वडावासीको लागि मनोरन्जन र आराम गर्ने थलो समेत वनेको छ ।

5 2

’वडाले पार्कमा स्वर्गीय वडाध्यक्ष भुपेन्द्रराज मोक्तानको स्मृतिमा चौताराे पनि निर्माण गरिदिएको छ भने पार्क स्थलमा वालवालिका,युवा र जेष्ठ नगारिकको लागि आराम गर्ने चौतारी सहित व्यायाम गर्ने विभिन्न सामाग्री र वालवालिकाको लागि खेल सामाग्री  निर्माण गरिदिएको छ । विहान व्ययम गर्नेहरुकाे भीड लाग्ने गरेकाे स्थानीय बताउछन् ।

4 3

फूलवारीसहितको पार्क निर्माणले जो कोहीको पनि मन आकर्षण गर्छ भने पार्क पुगेर आराम गर्ने, व्यायाम गर्ने  र फोटो खिच्नेहरुको लागि पनि उपर्युक्त स्थल वनेको छ ।    यस अघि पनि धरानका विभिन्न वडामा पनि पार्कहरु निर्माण भएका छन् भने वडाले पार्क निर्माणलाई विशेष प्राथमिकतामा राख्न थालेको छ । 

350239893_287189106995036_5605838289718012944_n