धरान।प्रदेश नामारकणको विरोध गर्दै आन्दोलनरत पहिचानवादीहरुलाई कोशी प्रदेश सरकारले वार्ताको लागि आव्हान गरेको छ ।

कोशी प्रदेशको नामकरणपछि असन्तुष्टि जनाउँदै आन्दोलनरत पहिचानवादीहरुलाई सरकारले मंगलबार औपचारिक रुपमा वार्तामा आउन आग्रह गरेको हो ।   उद्योग कृषि तथा सहकारी मन्त्री तथा प्रवक्ता भक्ति सिटौलाले  आज विज्ञप्ती जारी गरी आन्दोलनरत पक्षलाई वार्तामा  आव्हान गर्नु भएको छ । 

जारी विज्ञप्तीमा आन्दोलनरत पक्षलाई समस्याको समाधान वार्ताद्धारा मात्रै हुने  भएकाले  नामकरणको विरोधमा भइरहेको सम्पुर्ण आन्दोलनका कार्यक्रम स्थगित गरि  वातामा आउन सरकारले आग्रह गरेको छ । 

विज्ञप्तीमा भनिएको छ,‘नामकरणको बारेमा रहेका आफ्ना विमतिहरूलाई शान्तिपूर्णता राख्न अनुरोध गर्दै पूर्व घोषित विरोधका कार्यक्रमहरूलाई स्थगन गरी वार्ता र संवादको माध्यमबाट निकास खोज्न सम्बद्ध पक्षलाई कोशी प्रदेश सरकार आह्वान गर्दछ । 

नामकरणका विषय कुनै दल वा सरकारकारको भन्दा पनि सदस्यहरूको ‘आफ्नो प्रदेशको नामकरण आफैँ गर्न पाउने अधिकारको प्रयोग गर्दै वर्तमान नेपालको संविधानको धारा नामकरण कोशी प्रदेश रहन पुगेको उल्लेख छ । 

विज्ञप्तीमा नागरिक तहको यही चाहाना, चासो, अपेक्षा र जिज्ञासालाई मध्यनजर गर्दै गत २०७९ मङ्सिर ४ गते सम्पन्न प्रदेश सभाको निर्वाचनको जनादेशको आधारमा तत्कालीन प्रदेश नं १ को प्रदेश सभामा प्रतिनिधित्व गर्ने प्रमुख राजनीतिक दलहरु नेकपा (एमाले), नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र राष्ट्रिय प्रजातन्त्र पार्टी लगायतका राजनीतिक दल, दलकाका नेता तथा प्रदेश सभा सदस्यहरूको अथक प्रयासबाट प्रदेश सभा ९ प्रदेश सभाका ९३ जना प्रदेश सभा सदस्य मध्ये ८२ जना प्रदेश सभा सदस्यहरूका ९० प्रतिशत प्रदेशसभा सदस्यहरूको समर्थनमा प्रदेशको नामकरण भएको उल्लेख छ । 

सरकार प्रवक्ता भक्ति सिटौलाका अनुसार सरकारले वार्ताका लागि औपचारिक आव्हान गरेको र असन्तुष्ट पक्ष वाताका लागि तयार भएर तत्काल सरकारले वार्ता टोली बनाउने बताउनु भएको छ । 

तर आन्दोलनरत पक्षले भने वार्ताको लागि सरकारले आव्हान गरे पनि औपचारिक रुपमा पत्र प्राप्त नभएको किराँत राई यायोख्खा केन्द्रिय कार्य समितीका महासचिव एवम् आन्दोलनरत पक्ष अन्र्तगतको युवा दस्ता संयोजक भीम राईले टेलिफोन सम्पर्कमा वताउनु भएको छ ।

उहाँले सामाजिक संजाल र सन्चार माध्यममा वार्ताको लागि प्रदेश सरकारले आव्हान गरेपनि आधिकारिक रुपमा पत्र प्राप्त नभएको भन्दै आन्दोलन भने जारी रहेने वताउनु भयो । 

उहाँले भन्नु भयो,‘हामी वार्ताको लागि सकरात्मक छौं,तर सरकारले वार्ताको नाममा अल्मलाउने काम मात्रै गर्यो भने पहिचानको आन्दोलन झनै चर्काउने छौ,प्रदेश सरकारले त्यो कुरामा हेक्का राखेर गंभीर वन्नु पर्दछ।’  

प्रदेशको नाम कोशी राखेसँगै पहिचानको आधारमा प्रदेशको नामकरण हुनुपर्ने माग राख्दै कोशी प्रदेशमा आन्दोलन जारी छ भने आन्दोलन झन झन् चर्किदै गएको छ । आन्दोलन हिंसात्मक हुँदा एक जनाको मृत्यु भएको छ भने आन्दोलनकारी र सुरक्षाकर्मी बिच दर्जन बढी घाइते भएका छन् । प्रदर्शनकारीले कोशी प्रदेशको स्वास्थ्य मन्त्रालयमा समेत तोडफोड गरेका छन् ।

प्रदेशको राजधानी दिनँहु प्रदेश सभा घेराउको आन्दोलन आन्दोलनकारीले जारी राखेका छन् ।