धरान  । धरानका वरिष्ठ पत्रकार कान्तिपुर दैनिकमा कार्यरत प्रदीप मेन्याङ्बोलाई प्रदेश सरकारले सोमबार प्रादेशिक पत्रकारिता पुरस्कार प्रदान गरेको छ । 

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले गणतन्त्र दिवसको अवसरमा पारेर पत्रकार मेन्याङ्वोलाई १ लाख राशीको प्रादेशिक पत्रकारिता पुरस्कार प्रदान गर्नु भएको हो । उहाँलाई प्रदेश सरकारले दिवसको अवसरमा आयोजना गरिएको विशेष कार्यक्रममा सम्मान गरेको हो ।  

पुरस्कृत मेन्याङ्बो लामो समयदेखि धरानमा रहेर निरन्तर पत्रकारिता गरिरहनु भएको छ ।

त्यसै गरि सोही विशेष समारोहमा विराटनगरका अग्रज पत्रकार मोहन भण्डारी र उदयपुरका श्याम राईलाई पनि १ लाख राशीको पुरस्कारद्धारा पुरस्कृत गरिएको छ । उहाँहरुलाई पनि मुख्यमन्त्री कार्कीले पुरस्कृत गर्नु भएको थियो ।

पुरस्कृत तीनै जनालाई नेपालमा गणतन्त्र स्थापना गर्नको निम्ति पत्रकारिताको माध्यमद्धारा खेलेको महत्वपुर्ण भुमिकाको कदर गर्दै कोशी प्रदेश सरकारले सम्मान गरेको हो ।