धरान । किरात राई सांस्कृतिक कलाकार संघको धरानमा भएको छैठौं राष्ट्रिय सम्मेलनले  शालिक सताशक राईलाई केन्द्रिय अध्यक्षमा सर्व सम्मत चयन गरेको छ ।  

 कलाकार संघको जेष्ठ १३,१४ र १५ गते  भएको  सम्मेलनबाट राईको नेतृत्वमा १३ सदस्यीय नयाँ कार्य समिति चयन गरिएको हो । 

1 11

कलाकार संघको तीन जना उपाध्यक्षमा रोशन चाम्लिङ, सुशिला राई र राई नबिन, महासचिबमा पदम थुलुङ राई चयन हुनु भएको छ । यसैगरी तीन जना सचिबमा मुकेश राई, सुखकला राई र डिबि राई र कोषाध्यक्षमा मेनुका राई,सह–कोषाध्यक्षमा खुशेनिछो चाम्लिङ राई चयन हुनु भएको छ  ।

सदस्यहरुमा राजु के राई,अर्जुन कुलुङ राई र अनुका राई सर्वसम्मत चयन भएको संघका निवर्तमान अध्यक्ष रामकर राईले सोमबार धरान–१० स्थित किराँत राई यायोख्खा सुनसरीको  भवनमा आयोजित पत्रकार जानकारी दिनु भयो ।

संघका उपाध्यक्ष राई नबिनका अनुसार बाँकी रहेको पदहरुमा संघको पूर्ण बैठकबाट आवश्यकता अनुसार पदपुर्ति गर्दै लगिने  वताउनु भएको छ । त्यसैगरि पत्रकार सम्मेलनमा किरात राई साँस्कृतिक कलाकार संघको छैठौं राष्ट्रिय सम्मेलनले ‘६ बुँदे धरान घोषणा–पत्र’ समेत सार्वजनिक गरेको छ । 

  घोषणा–पत्रमा प्रदेश नं १ लाई किरात प्रदेश नाम स्थापित गर्न विभिन्न प्रकारका साँस्कृतिक, राजनितिक तथा  रचनात्मक रुपमा आन्दोलन गर्ने, किरात मौलिक गीत संगित,जीवन व्यवहार पद्धतिको खोज अध्ययन र अनुसन्धान गरी दस्तावेजीकरण गर्दै जाने, किराती समुदायसंग  महत्व राख्ने गढी कोट ऐतिहासिक स्थल, सस्कृति, मुन्धुमी सस्कारहरुलाई विभिन्न माध्यमबाट संरक्षण, सम्बद्र्धन, प्रबद्र्धन र अध्ययन अनुसन्धान गर्दै जाने लगायत रहेको कलाकार संघका नव निर्वाचित अध्यक्ष शालिक सताशक राईले जानकारी दिनु भयो ।‘

कलाकार संघको अब कार्यदिशा हामीले धरान घोषणा पत्र भनेर ६ बुँदामा उल्लेख गरेका छौं’ कलाकार संघका नवनिर्वाचित अध्यक्ष राईले भन्नु भयो,‘यसैको आधारमा हाम्रो कामलाई निरन्तर अगाडी बढाउँछौं ।’ 

  तीन दिनसम्म सञ्चालन भएको सम्मेलनमा काठमाडौं,भक्तपुर,ललितपुर सहित पूर्वका १४ जिल्लाबाट कलाकार संघका प्रतिनिधि, पर्यवेक्षक, किरात राई जातीको अध्येताहरुको सहभागीता रहेको थियो । 

धरानको भानुचोकमा साँस्कृतिक झाँकी सहित भएको तीन दिने राष्ट्रिय सम्मेलनको उद्घाटन किराँत राई यायोक्खाका केन्द्रीय अध्यक्ष जिवन हताचो राईले गर्नु भएको थियो।