धरान । अखिल नेपाल फुटवल संघ(एन्फा) कोशी प्रदेशको अध्यक्षमा धरानका किशाेर राई निर्वाचित हुनु भएको छ । 

आइतबार धरानमा भएको  प्रदेश स्तरीय प्रथम अधिवेशनले धरान फुटवल क्लवका अध्यक्ष समेत रहेका राई सहित १२ जनालाई कार्य समितीमा सर्व सम्मत निर्वाचित गरेको हो ।

अधिवेशनले संघको उपाध्यक्षहरुमा मणि कुमार लिम्वू,समीर राई,सफल किराँत,हर्क बहादुर श्रेष्ठ,शिव न्यौपाने र कविरमान तुम्वाफोलाई निर्वाचित गरेको छ ।  फुटवल संघको १९ सदस्य रहने छ भने नव निर्वाचित समितीले अन्य सदस्यहरु मनोनित गरी कार्य समितीलाई पुर्णता दिने वताइएको छ । एन्फाका केन्द्रिय अध्यक्ष पंकजविक्रम नेम्वाङको प्रमुख आतिथ्यतामा भएको हो । 

नव निर्वाचित राई अखिल नेपाल फुटबल संघ (एन्फा( को केन्द्रीय तहमा काम गरेका राई एन्फाको मानार्थ उपाध्यक्ष समेत हुनु हुन्छ । तत्कालिन अध्यक्ष गणेश थापा एन्फाको नेतृत्वमा रहँदा २ कार्यकाल उपाध्यक्षको रुपमा काम गरेका राई प्रदेश फुटबल संघ तर्दथ समितिको अध्यक्ष समेत हुनु हुन्थ्यो  । 

राई देशकै प्रतिष्ठित बुढासुब्बा गोल्डकपको संस्थापक समेत हुनु हुन्छ र हाल पनि क्लवमा उहाँकै नेतृत्व रहेको छ । उहाकै नेतृत्वमा धरान फुटबल क्लबले २०५५ सालमा स्थापित बुढासुब्बा गोल्डकपले २३ औ संस्करण सम्पन्न गरिसकेको छ ।

२०५५ सालबाट लगातार धरान फुटबल क्लबमा अध्यक्षको रुपमा रहँदै आएका राईलाई एन्फा वर्तमान अध्यक्ष पंकज विक्रम नेम्वाङको पक्षधर मानिन्छ ।