धरान । धरान उपमहानगरपालका वडा नम्बर ६ रहेको सहभागि कृषि सहकारी संस्था लिमिटेड १३ औं वर्षमा प्रवेश गरेको छ । 

संस्थाले वार्षिक उत्सवको अवसर पारेर आज(आइतबार) रक्तदान कार्यक्रम आयोजना गरेको छ । नेपाल रेडक्रस सोसाईटी सुनसरीको सभापति उमेश थापाको प्रमुख आतिथ्यतामा भएको हो । 

2 4

उक्त कार्यक्रम ७६जना रक्तदाताले रगत दान गरेको आयोजक संस्थाका उपाध्यक्ष झुमा राईले वताउनु भयो । उहाँले समाज हरेक सामाजिक काममा सरिक हुँदै कृषि क्षेत्रको विकासका निम्ति विभिन्न कार्यक्रम गर्दै आएको र रगत जस्तो महत्व राख्ने सामाजिक कामका लागि रक्तदान कार्यक्रम आयोजना गरेको वताउनु भयो । संस्थाले आगामी दिनमा क्यालेण्डरमा राखेर नै रक्तदान कार्यक्रमलाई निरन्तरता दिने पनि राईले प्रतिवद्धता व्यक्त गर्नु भएको छ  ।    

3 4

कार्यक्रमका प्रमुख अतिथी थापाले आयोजक संस्थाको वार्षिक उत्सवको अवसरमा शुभकामना व्यक्त गर्दै रक्तदानमा सहभागिहरु सम्पूर्णलाई शुभकामना दिदैं धन्यवाद दिनु भयो ।

उहाँले भन्नु भयो,‘हाम्रो शरीरमा आवस्यक भन्दा वढी रगत त्यसै खेर गइरहेको हुन्छ,समय समयमा खेर जाने रगतलाई रक्तदान गरेर जीवन र मरणको दोषाधमा रहेकाहरुको जीवन वचाएर पुण्य कमाउन आग्रह गर्दछु।’

4 2

रक्दान कार्यक्रम अघि भएको औपाचारिक कार्यक्रमको अतिथीहरु ६ नम्बर वडाका पुर्व वडाध्यक्ष भुवन सिंह वस्नेत,५ नम्बर वडाका वर्तमान अध्यक्ष मन प्रसाद लिम्वू,४ नम्बरका वडाध्यक्ष धन बहादुर राई लगायतको उपस्थिती रहेको थियो ।  कार्यक्रम सन्चालन संस्थाका हरि राईले गर्नु भएको थियो । 

संस्थाले कृषि क्षेत्रको उत्पादनलाई विकास र प्रवद्र्धनको निम्ति सामुहिक वेसार खेती पनि १० कठ्ठा जग्गामा गर्दै आएको छ भने किसानका लागि सहुलियत मुल्यमा वीऊ वीजन लगायत औजार सामाग्री समेत विक्री वितरण गर्दै आएको सचिव रामजी विष्टले वताउनु भयो ।

5 1

हाल ६ नरम्बर वडासँग पनि समन्वय गरेर कृषिको क्षेत्रमा विभिन्न कार्यक्रम गर्दै आएको छ । यस अघि सहभागि कृषि सहभागि संस्था जिल्लाकै उत्कृष्ट जिल्लाको रुपमा पुरस्कृत र सम्मानित पनि भएको छ । हरेक वर्ष असार १५ गते धान दिवसको अवसरमा धान रोपाई महोत्सव पनि संथाले गर्दै आएको छ ।