धरान ।कोशी प्रदेशका फुटबल रेफ्रिहरुलाई  फुटबल प्रतियोगितामा निर्णायक रहँदा  लगाउने जर्सीको लागि शनिबार धरानमा सम्झौता भएको छ । 

एन्फा टेक्निकल सेन्टरमा आयोजित औपचारिक कार्यक्रम गरि जर्सीको लागि औपचारिक रुपमा सम्झौता भएको हो । 

प्रायोजक एनी ब्राण्डका उत्पादक झापा शिवसतक्षी स्थित कन्काई गार्मेन्ट उद्योगसँग कोशी प्रदेश फुटबल रेफ्रि सङ्घको लिखित सम्झौता धरानमा भएको छ  । अखिल नेपाल फुटबल सङ्घका मानार्थ केन्द्रीय उपाध्यक्ष तथा कोशी प्रदेश फुटबल सङ्घका अध्यक्ष किशोर राईको रोहबरमा उक्त सम्झौता भएको हो । 

कार्यक्रममा प्रमुख अतिथि राईले भन्नु भयो‘प्रदेश फुटबल सङ्घले फुटबल र खेलाडीको लागि व्यवसायिक बनाउन नीति तथा कार्यक्रम अवलम्वन गरे वमोजिम  रेफ्रिहरुलाई पनि व्यवसायीक बनाउने दिशामा अघि वढेको छ ।’

कार्यक्रममा एनी ब्राण्ड जर्सी उत्पादक कन्काई गार्मेन्टका कार्यकारी अधिकृत सन्तोष थोप्रा लिम्बु र कोशी प्रदेश फुटबल रेफ्रि सङ्घका अध्यक्ष मधुसुदन खनालले हस्ताक्षर गरी सम्झौता पत्र आदान हस्ताक्षर गर्नु भयो  ।

सम्झौता अनुसार कन्काई गार्मेन्टले प्रदेशका रेफ्रिहरुका लागि ४८० जोडी जर्सी वास्तविक भन्दा ५० प्रतिशत कम मूल्यमा प्रयोजन गर्नेछ । जर्सीको  मूल्य भ्याट सहित ७५०रुपैयाँ जोडी रहेको छ । कम्पनीले करिब ५ लाख रुपैयाँको जर्सी प्रयोजन गर्ने भएको हो ।