धरान । राष्ट्रिय गौरवको आयोजना विराटनगर –रानी–किमाथांका जोड्ने ६ लेनको सडक  विस्तारको काम  धरान उपमहानगरपालिकाले आयोजनालाई समयमा राय नदिए पछि धरान क्षेत्रमा निर्माणको काम अन्यौलमा परेको छ ।  

धरानको तीनकुनेदेखि शिवधारा फुश्रेसम्मको ५ किम िसडक निर्माण शुरु गर्नको लागि धरान उपमहानगरपालिकाले निर्णय गर्न नसक्दा आयोजनाको वाँकी काम धरानदेखि अघि वढ्नको लागि समस्या भएको आयोजनाले जनाएको छ ।  

आयोजना प्रमुख  धनकुमार शाक्यको अनुसार धरानको तीनकुनेदेखि फुस्रे सम्मको सडक विस्तार गर्नको लागि धरानदेखि हाललाई अघि वढ्न नसक्ने वताउनु भएको छ । सडक विभागले अव बन्न नसक्ने मौखिक जानकारी आफुहरुलाई दिएको आयोजना प्रमुख शाक्यले जानकारी दिनु भयो । 

उहाँले भन्नु भयो, ‘धरानदेखि सडक अघि नवढ्ने भयो, यसपाली सकिदैन,पछि फेरी निर्णय हुन्छ होला,धरानमा सहज नभएकाले अघि वढ्न सक्दैनौं।’ उहाँका अनुसार आयोजनाले फस्रे सम्मको १५÷१५ मीटर सडक खाली गरिदिनु भनेर उपमहानगरपालिकालाई ताकेका गरेको थियो । तर उपमहानगरले कुनै ठोस निर्णय नदिएको धरानको भानुचोकसम्म ७२ फिटको बनाउन सकिने भन्ने पत्र तीन महिना अघि आयोजनालाई दिएको आयोजना प्रमुख शाक्यले जानकारी दिनु भएको छ ।

रानी देखि धरानसम्म जम्मा ४९ किमी बन्न लागेको हो । आयोजनाले ४९ मध्य दुहवी क्षेत्रमा दुई किमी र धरान क्षेत्रमा ५ किमी बाँकी रहेको छ । इटहरी धरानक्षेत्रका् जंगलमा चार लेनको सडक निर्माण धमाधम भइरहेको छ । धरान क्षेत्रको पाँच किमी सडक पनि यही आर्थिक बर्षमा सम्पन्न गर्ने आयोजनाको योजना रहेको थियो । तर धरानमा सडक विस्तार बजार क्षेत्रबाट गर्ने की बाइपास गरेर लाने भन्ने विषयमा यहाँको स्थानीय तह र राजनीतिक दलहरुले ठोस निर्णय गर्न नसक्दा आयोजनाले पाँच किमी सडक कम गरेर आयोजना सम्पन्न गर्ने जनाएको छ ।

 ३ महिना अघि धरान उपमहानगरपालिकाले तत्कालको लागि भानुचौक सम्ममात्रै ७२ फुटको सडक विस्तारको काम अघि वढाएर  हाललाई माथिको लागि छोडिदिनु भनेर पत्रचार गरेको  पनि आयोजना प्रमुख शाक्यको भनाई छ  । 

उपमहानगरपालिकाले आयोजनाको मापदण्डलाई पुरा गर्न वेवास्ता गरेपछि धरान क्षेत्रमा सडक निर्माणको काम नहुने देखिएको छ ।  

असार मसान्त भित्र आयोजनाको समयसीमा सकिदैछ । धरानको लागि ठेक्का नै लागेन । रानी इटहरी धरान सडक आयोजनाले २०७८ साउन ११ गते धरान उपमहानगरपालिकालाई सहजिकरणका लागि पत्रचार गरेको थियो । आयोजनाले दुहवी नगरपालिकालाई पनि पत्र लेखेको थियो । १५।१५ मिटर सडक खाली गर्न पहलका लागि पत्र लेखे पनि उपमहानगरले सुनुवाई नगरेको आयोजनाले जनाएको छ । 

 विराटनगर रानी धरान सम्मको ४९ किलोमीटरको आयोजना हो । हाल उक्त आयोजनाको ४२ किलोमीटर काम सकिएको वताइएको भएपनि अव धरानका  कारण वाँकी काम अघि वढाएर सडक विस्तार गर्न थप चुनौती वनेको छ । 

हालका मेयर हर्क साम्पाङले  धरान उपमहानगरपालिकाले भने धरानमा आयोजनाको सडक विस्तारको लागि वजेट नै नआएको भनेर सामाजिक सन्जालमा लेख्नु भएको छ । नेकपा माओवादीका नेता चोत्लुङले भने नेतत्वकर्ताको कमजोरीका कारण धरानमा आयोजनाको विस्तारको काममा चुनौती थपिएको र वजेट फ्रिजको अवस्थामा भएको भनेर सामाजिक सन्जालमा लेखे पछि यो विषय चर्चामा छ ।  यस विषयमा धरान उपमहानगरका योजना महाशाखाका प्रमुख सुरज श्रेष्ठसँग बुझदा आफु कार्यालय बाहिर रहेकाले मेयर ज्युलाई बुझनु भन्ने जवाफ दिनु भयो ।

आयोजनालाई अघि वढाउनको लागि नेपाल सरकारले वजेट सुनिश्चित गरि अघि वढाएको आयोजना हो । तर आयोजना विविध कारणले सुस्त गतिमा छ ।   कुल ४९ कि.मी. धरानमासम्मको लागि  सडकको लागत १० अरव ९८ करोडको हो ।

राजनीतिक दलहरुको अरुददर्शीता र स्थानीय सरकारको लापारवाहीले यो सडक विस्तारका क्रममा मनपरी मापदण्ड तयार पारिएको छ । विस्तार गरिएको सडक केन्द्र रेखाबाट दायाँवायाँ २५÷२५ मिटर चौडाइमा ६ लेनमा विस्तार हुनुपर्ने भर्ने मापदण्ड छ । तर राजनैतिक स्वार्थका कारण विराटनगर इटहरी हुँदै धरानको सडक विस्तारको सडक खुम्चेको छ । विराटनगर र दुहवी क्षेत्रमा सडकको चौडाइ घटाइएको छ । 

दुहबीको बिल्ट अप क्षेत्र ६३० मिटर सहित बुढी खोलादेखि दुहबी बजार लगायत २ कि‍मि‍ सडक खण्डको र धरान बजारमा ५ कि‍मि‍ गरी ७ कि‍मि लम्बाईमा हालसम्म ठेक्कापट्टा हुन नसकेको आयोजनाले जनाएको छ ।

विभिन्न प्याकेज गरी १७ वटा सडक निर्माण कार्यको, २ वटा पुलको गरी जम्मा १९ वटा ठेक्का संचालनमा छन् ।  रानी देखि धरान सम्मको सडक खण्डमा विभिन्न समयमा छुट्टाछुट्टै ठेक्कापट्टा व्यास्थापन भई निर्माण कार्य भैरहेकोले सम्पन्न हुने मिति र हाल सम्मको प्रगति पनि फरकफरक रहेको प्रमुख शाक्यले बताउनु भएको छ ।