धरान । विद्यार्थीलाई चुनावी ज्ञान र प्रक्रियाका बारेमा अभ्यास गराउन धरान १४ स्थित विजयपुरमा रहेको आइडल इङ्लिस स्कुलले चुनाबी प्रक्रियाबाट विद्यार्थीहरुको लिडर छनौट गरेको छ । 

शुक्रबार स्कुलले कक्षा ५ देखि कक्षा १० सम्मका विद्यार्थीवीच चुनावी प्रतिष्पर्धाबाट टिम क्याप्टेन र सह–क्याप्टेन छनौट गरेको स्कुलका एकेडेमी इन्चार्ज नवराज दाहालले वताउनु भयो । उहाँका अनुसार २ सय भन्दा वढी विद्यार्थीहरुले मतदान गरेका थिए ।

1 9

विद्यार्थीहरुले प्रदान गरेकै मतका आधारमा कक्षा –१० का रोहन कसजु(श्रेष्ठ) र सह–क्याप्टेनमा कक्षा–९ का चेतन श्रेष्ठ विजयी हुनु भएको थियो । क्याप्टेनका उम्मेद्धवार रोहन कसजुले १ सय भन्दा   वढी मत ल्याएर विजयी हुनु भएको थियो । 

349265357_1865247200524193_7095780534408885941_n

विजेताहरुको समय अवधी १ वर्षको हुने छ र विजेताहरुले स्कुलका विद्यार्थीहरुको लागि हितमा काम गर्नेछन् । स्कुलका भ्याइस प्रिन्सिपल मनाेज गुरूङका अनुसार विद्यार्थीलाई संसदीय चुनावको अभ्यासबारे जानकारी गराउन हरेक वर्ष चुनावी प्रक्रियाबाट विद्यार्थीको लिडर छनौट गर्ने गरिएको छ ।   नेपालमा हुने आवधिक निर्वाचन प्रक्रिया अनुसार स्कुलकाे विद्यार्थी नेता छनाैट गरेर निर्वाचन प्रक्रियाबारे विद्यार्थीलाई जानकारी गराइएकाे स्कुलका प्रिन्सिपल सागर खड्काले जानकारी दिनु भएकाे छ ।