धरान । धरानमा पहिलो पटक लायन्स क्लब ३२५ सी एरियाको महाधिवेशन भोली(शुक्रबार) धरान –१५ स्थित चुम्लुम हिममा हुने भएको छ  । 

डिस्ट्रिक्ट गभर्नर लायन धिरज गुरुङका अनुसार डिस्ट्रिक्ट महाधिवेशनमा नयाँ डिस्ट्रिक्ट गभर्नरको निर्वाचन हुने डिस्ट्रिक्ट ३२५ सी क्षेत्रमा १० वटा जिल्लाका १६० लायन्स क्लबमा ४ हजार सदस्यहरू आबद्ध रहेका छन र  त्यसमध्ये नयाँ नेतृत्व चयनका लागि हुने मतदानमा सहभागी हुन मताधिकार ३ सय ४३ जनाले मात्र पाउने छन् ।

महाधिवेशनमा राष्ट्रिय,अन्तर्राष्ट्रिय क्षेत्रबाट ७ सय जना प्रतिनिधि सहभागी हुने जनाइएको छ । डिस्ट्रिक्ट गर्भनर गुरुङले लायन्स क्लबको डिस्ट्रिक्ट महाधिवेशन धरानमा आयोजना हुनु निकै अर्थपूर्ण रहने बताउँदै उहाले यसबाट लायन्स क्लबको विकास एवं कल्याणकारी  कार्यक्रमहरू धरानमा सञ्चालन हुने तथा धरानको पर्यटनको प्रवद्र्धनमा पनि भूमिका खेल्ने पनि वताउनु भयो । 

५२ वर्ष अघि लायन्स स्थापना भएदेखी पहिलो पटक धरानमा अधिवेशन आयोजना गरिएको हो ।‘हामी  सेवा गर्छौ’भन्ने नाराका साथ विश्वमा १९१७ मा स्थापित लायन्स क्लब १९७१ मा नेपालको विराटनगरमा स्थापना भएको थियो । उक्त पहिलो क्लब पूर्व प्रधानमन्त्री स्वर्गीय  मातृका प्रसाद कोइरालाले गर्नु भएको थियो । 

धरानमा भने सन् १९८५मा लायन्स क्लब स्थापना भएको र हाल क्लबमा २१ वटा लायन्स क्लब आबद्ध रहेको र  विश्वका २१० राष्ट्रमा १४ लाख रहेका मध्ये ४२ हजार सदस्य नेपालका रहेका छन ।

महाधिवेशनमा प्रमुख अतिथि लायन्स क्लबका पास्ट ईन्टरनेशनल डाइरेक्टर पिआईटि सञ्जय खेताङलाई आमन्त्रण गरिएको छ ।  उद्घाटन समारोह अघि महाधिवेशनका सहभागीहरूको शान्र्ति याली चुम्लुङ भवनबाट सुरु भई धरान बजार परिक्रमा गर्ने कार्यक्रम छ। महाधिवेशनले नयाँ नेतृत्व,कार्यसमिति चयन गर्दै आगामी वर्षको नीति तथा कार्यक्रम तर्जुमा गर्ने बताइएको  छ  ।