सुनसरी ।झापाको बिर्तामोड नगरपालिका –५ कृष्णहल छेउमा पार्किङ गरी राखेको मोटरसाईकल चोरी गर्ने १ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

हिजो राती ९ बजे मे। ८ प ३०८१ नम्बरको सुपर स्प्लेन्डर मोटरसाईकल चोरी गरेर डोर्‍याउदै गरेको अवस्थामा बिर्तामोड नगरपालिका १० का १८ बर्षिय हपन हेमरनलाई मोटरसाईकल सहित इलाका प्रहरी कार्यालय अनारमनीले पक्राउ गरेको हो ।

चोरीको मोटरसाईकल सहित पक्राउ परेका हेमरनको ईलाका प्रहरी कार्यालय अनारमनीबाट थप अनुसन्धान भईरहेको छ ।  यसैवीच उदयपुरको कटारी नगरपालिका(१२ चिलाउने स्थितमा चट्याङ लागेर एकजना बालकको मृत्यु भएको छ ।

हिजो बिहान ९ बजे स्थानिय निमा तामाङको १२ बर्षिय छोरा खड्ग बहादुर तामाङलाई गोठमा बसिरहेको अबस्थामा अबिरल बर्षासँगै परेको चट्याङले लाग्दा उनको घटनास्थलमा नै मृत्यु भएको हो । 

मृतक लाशको कानुनि प्रकृया पुरा गरी आफन्तलाई बुझाएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।