धरान । सुनसरीको धरानमा किराँत राईहरुको साँस्कृतिक कलाकारहरुले छैठों  राष्ट्रिय सम्मेलन गर्ने भएको छ । 

किरात राई सांस्कृतिक कलाकार संघले धरानमा राष्ट्रिय सम्मेलन यही जेठ १३ गते देखि १५ गते तीन सम्म आयोजना गर्ने भएको आज(वुधबार) पत्रकार सम्मेलन गरि जानकारी दिएको छ । 

 किराँत राई यायोख्खा कार्य समिती सुनसरीको  धरान १० स्थित कार्यालयमा भएको पत्रकार सम्मेलनमा  किरात संस्कृतिका अध्येता संघका उपाध्यक्ष शाालिक शतासक राईले कोशी प्रदेश नामकरणको विरुद्ध साँस्कृतिक रुपमा दवाव दिनको लागि धरानमा राष्ट्रिय सम्मेलनको आयोजना गर्न लागेको वताउनु भएको छ ।

 उहाँले भन्नु भयो,हामी पहिचान सहितको प्रदेशको नामाकरण माग गर्दछौं,कोशी प्रदेश अविलम्व खारेजी गरि किराँत प्रदेश नामाकरण गरिनु पर्दछ,त्यसका लागि शिरमा कफल बाँधेर उत्रिने हाम्रो तयारीमा हो ।’

तीन दिन सम्मको सम्मेलनमा के –के हुन्छ ? 

पत्रकार सम्मेलनमा हजारौँको सङ्ख्यामा किरात कला, साहित्य, संस्कृति र संगीतकर्मीहरुद्धारा कोसी प्रदेश नाम खारेजीको नारा लिएर सडकमा प्रदर्शन गरिने, सम्मेलनको प्रचार प्रसारका रूपमा जेठ ११ देखी धरान १४ र इटहरीका १० वटा चौकहरूमा सांस्कृतिक साङ्गीतिक सूचनामुलक सभाहरू गरिने ,धरानको भानुचौकमा उद्घाटन सत्रका रूपमा बृहत सांस्कृतिक सहभागीतामा सभा आयोजना गरिने, संघका अध्यक्ष रामकर राईका अनुसार सम्मेलनमा संघको १३ वटा जिल्ला समिति, १३ वटा किरात राई सम्बद्ध सांस्कृतिक संस्थाहरू, ७ विदेश स्थित शाखाहरूको बन्द सत्रमा सहभागिता हुनेछ । प्रतिनिधि मुलुक रूपमा कुल १२० जनाले छलफलमा प्रतिनिधित्व गर्नेछन् ।

बन्द सत्रमा ५ वटा कार्यपत्रमा भाषा, संस्कृतिका बारेमा बहस हुनेछ । केन्द्रीय समितिको प्रतिवेदन, जिल्ला समितिका प्रतिवेदनहरूमा छलफल गरी धरान घोषणापत्र जारी हुने पत्रकार सम्मेलनमा जानकारी दिइएको छ ।्सम्मेलनको मुल नारा ‘किरात इतिहास संस्कृति र प्राचिन सभ्यताको सम्मान, किरात पहिचान सहित १ नम्बर प्रदेशको नामाङ्कन’ रहेको छ। संघको स्थापना २०६३ सालमा भएको हो ।

संघमा किराती गीत, संगीत, कला साहित्य, सँस्कार, सँस्कृति, मुन्धुम जस्ता किरातीपनमा आस्था र विश्वास गर्ने सबै साँस्कृतिक राई कलाकर्मीहरु आवद्ध छन् ।