धरान ।नेपाली काँग्रेस धरानमा पार्टी प्रति असन्तुष्टि जनाउँदै पार्टी परित्याग गर्ने क्रम वढ्न थालेपछि पार्टीलाई मजवुद वनाउनको लागि आपसी सदभाव,मेलमिलाम र एकताको लागि विशेष अभियान सन्चालन गर्ने भएको छ ।

 नेपाली काँग्रेस सुनसरी क्षेत्र नम्बर १ का सभापति सजेन्द्र तामाङका अनुसार पछिल्लो समय पार्टी नेता र कार्यकर्ताहरु पार्टीका केन्द्रिय नेताहरुको गतिविधीको कारण निरास भई पार्टीमा निस्कृय हुने,पार्टी परित्याग गरी अन्य पार्टीमा प्रवेश गर्ने क्रम वढ्दै गएकाले नेपाली काँग्रेसले विशेष अभियान सन्चालन गर्ने निर्णय गरेको वताउनु भयो । 

नेपाली काँग्रेस क्षेत्रीय कार्य समितीको वैठकले पार्टीमा आपसी सदभाव,मेलमिलाप र एकता वढाउनको लागि अभियान सन्चालन गर्ने निर्णय गरेको हो ।    

सभापति तामाङले भन्नु भयो ,‘पार्टीलाई सुदृढ, सवल, सक्षम र जनमुखि बनाउन आपसी मेलमिलाप र एकता अभियान सञ्चालन गर्ने भएका छौ,मुलतः पाटी प्रति असन्तुष्ट वढ्नको कारण केन्द्रिय नेताहरुको दोष हो,पछिल्लो समय भ्रष्टचार काण्डमा केन्द्रिय नेताहरु मुछिँदा शीर्ष नेतृत्व तह मौन वस्दा कार्यकतामा पार्टीप्रतिको आस्था ,विस्वास र भरोसामा आँच आएको छ,यसलाई हामी पार्टी केन्द्रको मुख ताक्दैनौं ,त्यसैले हामी स्थानीय स्तरबाटै कार्यकर्ताको मनोवल वढाउन टोल –टोल र घर–घरमा गएर कार्यकर्ताको मनोवल वढाउँछौं।’ 

त्यसैगरि पार्टीका केहीे पार्टीप्रति उत्पन्न असन्तुष्टि, निष्किृयता, उदासिनता, वितृष्णा र पार्टी परित्यागका विचार तथा घटनाहरु सार्वजनिक भएको विषयप्रति अति संवेदनशील र गम्भिर हुंदै क्षेत्रीय सभापतिको संयोजन र वडा सभापतिको समन्वयमा क्षेत्र समितिको स्थायी आमन्त्रित व्यक्तित्वहरु सहित वडावडा, टोलटोल र घरघरमा गई पार्टीमा व्यापक भावानात्मक एकता र मेलमिलापको अभियान सञ्चालन गर्न लागेको प्रवक्ता एवम् क्षेत्रीय सचिव केशव पुरीले बताउनु भयो  । 

क्षेत्रीय सचिव महेन्द्र प्रधानका अनुसार पार्टीका केन्द्रीय र प्रदेश नेता,जिल्ला तह स्थानीय स्तर लगायत पार्टीमा आवद्ध सवै नेताहरुलाई स्थायी रुपमा आमन्त्रण गरी कार्यक्रम सन्चालन गर्ने तयारी रहेको वताउनु भयो  ।