धरान । विद्यालय र व्यापारीको मिलेमतोका कारण धरानका अभिभावकहरु मारमा परेकाे गुनासाे गरेका छन् । खुलेआम व्यापारी र विद्यालय वीच कमिसनको खेल भई अभिभावक पटक–पटक ठगिने गरेको  ठगिदै आएका छन्  ।  

आइतबार मात्रै  विष्णु मेमोरियल इङ्लिस स्कुलका अभिभावकहरु गुणस्तरहिन सामाग्रीको विषयमा गुनासो लिएर गएका थिए ।  धरान– ७ का अभिभावक ओम कट्वालले बालाजी कपडा पसलबाट वच्चाको स्कुल व्याग गरिद गर्दा मारमा परेको भनेर स्कुल र पसलवालासँग कुरा गरेपछि पसल सन्चालकले गल्ती स्वीकार गरि स्कुल व्याग सटही गरि दिएको वताउनु भयो । 

उक्त पसलबाट शैक्षिक सामाग्री खरिद गर्दा वजार मुल्य भन्दा तेव्वर मुल्यमा सामाग्री खरिद गर्न वाध्य वनेको अभिभावकको भनाई छ । कटवाल लगायत अन्य अभिभावकले स्कुलका प्रतिनिधी र पसल सन्चालकसँग समस्याको विषयमा छलफल गरेको थिए ।

उहाँले भन्नु भयो, 'हामी अभिभावकले खरिद गरेको शैक्षिक सामाग्री गुणस्तरीय हीन भएको भनेर कुरा गर्यौं र पसलवालाले आइन्दा गल्ती नगर्ने भनेर स्कुल व्याग सटही गरि दियो ।'  

आइतबार विष्णु स्कुलका प्रतिनिधि, नगरपालिकाका प्रशासन महाशाखाका प्रमुख, सञ्चारकर्मी समक्ष उहाँले आफूले भोगेको समस्या राख्नु भएकाे थियाे । छलफलपछि चारवुदे सहमति गरेर अब आइन्दा त्यस्तो नगर्ने शर्तमा एकपटकलाई माफी दिने लिखित प्रतिबद्धता गर्ने निष्कर्ष निकालेपछि अभिभावले खरिद गरेको व्याग सन्चालक आनन्द अग्रवालले व्याग सटही गर्नु भएकाे थियाे । बालाजीले धरानका २२ वटा विद्यालयको शैक्षिक सामाग्री विक्री वितरण गर्दै आएको छ ।

कटवाल एक प्रतिनिधी अभिभावक मात्रै हुन । केही दिन अघि विष्णा स्कुल कै कपडामा दाेव्वर मुल्य लिएर विक्रि गरेकाे विषाय अिभभावकले सार्वजनिक गरेका थिए ।

धरानमा यस्ता विद्यालयका अभिभावकहरुले मार खेप्दै आउनु परेको छ । यता विष्णु मेमोरियल इङ्लिसका प्रिन्सिपल निलम श्रेष्ठले अभिभावकहरुलाई एउटै पसलबाट शैक्षिक सामाग्री खरिद गर्न वाध्य नपारिएको वताउनु भएको छ ।

उहाँले भन्नु भयो, -'अभिभावकले चाहेको पसलबाट खरिद गर्न सक्नु हुन्छ,स्कुलले वाध्यकारी वनाएका छैनौं ,अभिभावकको गुनासो गरेपछि बालाजीका सन्चालकलाई खवरदारी गरेका छौ,आइन्दा यस्तो गल्ती कोही कसैबाट गरिनु हुन्न।’विद्यालयले जहाँ किने पनि हुने भने पनि  विद्यालयले पसलसँग सेटिङ मिलाएर ताेकिएकाे पसल बाहेकमा  विद्यालय पाेषाक, ब्याग, पुस्तकलगायत सामाग्री अन्य पसलमा पाइदैनन् ।

-धरानका अभिभावक राजमणि निरौलाले विद्यार्थीका अभिभावक ठगिरहँदा नियमनकारी मौन वस्नु दुखदायी अवस्था भएको वताउनु भएको छ । अभिभावकलाई ठगिनबाट जोगाउन स्कुल र निममनकारीको पनि उतिकै भुमिका हुने वताउनु भएको छ । उहाँले भन्नु भयो, -'व्यापारीले विसुद्ध मुनाफा राखेर रेट तोके वमोजिम शैक्षिक सामाग्री विक्री गर्नु पर्ने र स्कुलले पनि विसुद्ध सेवामुलक ढंगले विद्यार्थी पठन पाठन गर्नु पर्छ,व्यापारीबाट हुने गरेको फटाईलाई स्कुल र निमयनकारी निकायले पनि रोक्नु पर्छ।’   

नीजि विद्यालय र व्यापारीबीच अभिभावकलाई तोकिएकै ठाउँमा शैक्षिक सामाग्री खरिद गरेर कमिशन खाने अभिभावकले आरोप लगाउँदै आएका छन् ।

धरान उपमहानगरपालिकाको शैक्षिक महाशाखा नियमनकारी निकाय हो तर शिक्षामा कमिसनको खेल अन्त्य गर्न र गराउन कुनै कानुनी कारवाही हुन नसक्दा निजी विद्यालय र व्यापारीहरुवीच कमिसनको खेल मैलाउँदै गएको छ ।

धरान उमपहानगरपालका अन्र्तगतको शिक्षा महाशाखा प्रमुख गणेश खतिवडाले स्कुलमा पठनपाठन गर्नको लागि स्कुलले सिण्डिकेट लगाउन नहुने र यदि सो गरेको पाइएमा स्कुल र व्यापारी दुवैलाई एक्सन लिने वताउनु भयो ।

अभिभावकको गुनासो धेरै वढेकाले त्यसलाई रोक्नको लागि उपमहानगरपालिकाले सुचना जारी समेत गरेको उहाँले बताउनु भयाे ।  खतिवडाले भन्नु भयो,‘-'स्कुल र व्यापारीको मिलेमतोमा शैक्षिक सामाग्री खरिद गर्न नपाईने र गरेको पाइएमा स्कुल र व्यापारी दुवैलाई कार्वाही गरिने छ , तर अभिभावकले शिक्षा महाशाखालाई जानकारी गराउन पनि अभिभावकलाई आग्रह गर्दछु।’ 

धरानका विद्यार्थीका अभिभावकले स्कुलले तोकेको पसलबाट व्याग,पोशाक,पाठ्य सामाग्री खरिद गर्दा चर्को मुल्यमा खरिद गर्न वाध्य भएका छन् । तोकिएको पसलबाट शैक्षिक सामाग्री खरिद गर्दा तेव्वर मुल्य फरक पर्ने गरेको अभिभावकले गुनासो गरेका छन् ।