धरान ।धरान–१३ स्थित निशाने खानेपानी टयाङ्कीमा ज्यालादारी मजदुरी गर्ने ५० वर्षिय जित बहादुर राईको स्वास्थ्य अवस्था जटिल वन्दै गएको छ भने थप उपचार गर्नको लागि आर्थिक अभाव भएको छ । 

 धरान उपमहानगरपालिकाका प्रमुख हर्कराज राईको अगुवाइमा धरानको निशाने खोलामा ट्याङ्की बनाउने क्रममा राई शुक्रवार वेहोस भएर ढल्नु भएको थियो । 

विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा आइसियूमा उपचाररत हाल सम्म उहाँको उपचार खर्च २ लाख भन्दा वढी नै भएको परिवारको भनाई  छ।   

विरामीका भतिजी नुनु राईका अनुसार विरामीको अवस्था झन झन जटिल वन्दै गएको छ । उहाँले मोवाइल सम्पर्कम भन्नु भयो ,‘डाक्टरले अवस्था जटिल वन्दै गएको भन्नु हुदैंछ,आइसियुमा काका हुनु हुन्छ,अव त दबई किन्ने पनि पैसा छैन्,हाम्रो रुवावासी छ।’ 

धरान १३ निवासी राई ३ महिना अघिदेखि मेयर राईको खानेपानीको अभियानमा लागि पर्नु भएको थियो । धरान १३ मा मेयर राईको खानेपानी अभियानलाई सफल वनाउनको लािग भुपू गोर्खाहरुको संस्था ब्रिटिस वेलफेयरले खानेपानीको ट्याङ्की निर्माण गर्नको लागि सहयोग गरेको गरेको थियो ।

जीत बहादुरका आफन्त  सञ्जय राईका अनुसार ज्याला मजदुरमीमा काम गर्ने काका अचानक वेहोस भएर ढलेपछि विपी प्रतिष्ठानमा उपचार गराएको भएपनि उपचार गर्न थप समस्या भएको वताउनु भयो ।

उहाँले भन्नु भयो,‘उपचार गर्न आर्थिक समस्या त छदैंछ,यता परिवारलाई विहान वेलुका छाक टार्न समेम मुस्किल भएको छ ।’ हाल सम्म मेयर तथा धरान उपमहानगरपालिकाबाट कोही कसैले सहयोग नगरेको र भेट्न समेत नआएको उहाँले गुनासो गर्नु भएको छ । 

उहाँको १ श्रीमती सहित २ जना छोरा हुनु हुन्छ ।उहाँको आफन्तले उपचारको लागि सहयोग गर्नको लागि अपील गर्नु भएको छ । मोबाइल नं. ९८२४३२६९३५ मा सम्पर्क गर्न सक्नुहुन्छ ।