• पारस काङमाङ राई
बिषय प्रवेश:
किरात राई जातीको साकेवा/साकेला भरखरै समापन भएको छ।म पनि भोजपुर पुर्व माझ किरातमा जन्मेको र हाल धरानमा बस्दै आएको वान्तावा राई हु।
सानै देखि गाउका बुढापाका संग साकेवा नाच्न सिकेको छु।मैले थाहा पाए अनुसार भोजपुर जिल्लाको छिनाम्खु,खावा नागी,गोगोने,रिम्चिम,तिम्मा, तिरका राईहरुले साकेवा नाच्दथे।पछि भोजपुरका अरु ठाउँ तिर साकेवाको बिकाश हुँदै गयो।दिक्तेल जिल्लाको मातिम,रतन्छा,चिप्रुङ्ग,नेर्पा,दोर्पा आदि ठाउमा साकेला नाच नाच्दथ्यो।चाम्लिङ राईले आफ्नो भाषा बाट साकेला भन्छन,भने वान्तावा राईले साकेवा भन्दछ।
ढोल र झ्याम्ट मौलिकता:
पुर्णे अगाडी र साकेवा सकिने दिन सेउली सुकाएपछि ढोल झ्याम्ट बजाउनु हुदैनथ्यो।तर अहिले १ महिना नाच नाच्दा पनी ढोल-झ्याम्टा बजाउने कार्यले मौलिक संस्कृतीको अस्तित्व नै मेटिन्दै गएको छ।
उपभोक्तावादी चरित्र,एकाधिकार बजार अर्थतन्त्र पनि यसमा जोडिन्छ।कीनकी संस्कृतीको बिकाशको लागि सबै राईहरुले केही न केही सहयोग सस्थालाई गरेकै हुन्न्छन। तर यहाँ जब सेउली सुकाईन्छ तब ढोल-झ्याम्ट बजाउन हुदैन। बजाएमा अनर्थ हुने कुरा समेत ख्याल गरिदैन।अर्थात लोकपृयतावादी संस्कृतीमा रुपान्तरण गर्न खोजीएको छ।यसमा मौलिक संसकृतीको धनी किराँती राईहरुले गम्भीर सोचनीय बन्न जरुरी छ । संस्कृती बिकाशको नाम शिली तोड्मोड गरिने,मिस्कट गरिने,संस्कृती प्रतियोगिता गराईने अनि फस्ट,सेकेन्ड र थर्ड घोषणा गरिने र मौलिकतामा अपचलन गरिने र ढोल झ्याम्टको मौलीकता र अस्तित्व लाई नै समाप्त पार्ने कार्यले सभ्य संसकृतीको बिकाश हुन सक्दैन।
संस्कृती हो,साकेवा प्रतियोगिता होईन:
साकेवा/साकेला किरात राई जातीको सस्कृती हो।सस्कृतीको प्रतियोगीता हुदैन।अर्थात उपभोक्तावादी नीति नै लिदा पनी एक राई व्याक्तीले अर्को राई व्याक्तीको नाच्न पाउने अधिकार हनन गर्न पाउदैन।वरु अरु जातिय समुदाय लाई आकर्षित गरेर लानु चही उपभोक्तावादी नीति हो।
यसार्थमा साकेवा पुर्णे देखि दशामी सम्म नाचिन्थ्यो। पुर्णेमा ढोल,झ्याम्टा झिक्ने र धामी/ नाक्छोङले राईहरुको तीन चुलामा पितृलाई खुशी पार्दै हुट्लुङ खुट्काउने गरिन्थ्यो। तिन चुलाको पनि आफ्नै अर्थ छ। अर्थात अन्न,वाली लगाई सके पछी,अन्न वाली राम्रो होस,राम्रो फलोस भनेर पिता,पुर्खा/ पितृलाई पुजा गरिन्छ ।अर्थात तीन चुलाको पुजा गरिन्छ। जहाँ एउटा पोथी कुखुरा काटेर भोग समेत दिने गरिन्छ। मेरो घर धरानमा पनि तीन चुला छ।चुलाको साकेवामा पुजा गरिन्छ।यसकारण सबै किरात राईहरुको समान सस्कृती अधिकार हो साकेला/साकेवा।
शिली प्रतियोगीता हुदैन:
तर्कमा जे भने पनि सस्कृती लाई सभ्य बनाउनु राम्रो हुन्छ। तर शिली प्रतियोगिता हुदैन।दोस्रो: वान्तावा राईले गर्ने र चाम्लिङ राईले गर्ने शिलीको आ-आफ्नै बिशेषता हुन्छ। कुनै नाचको उठान गर्दा जस्तो कि चासुम शिली हात बाट गरिने हुदा उठान र बैठान पनि हात बाटै हुन्छ।जहाँ खुट्टाको शिली मिसाउनु हुदैन।खुट्टाको शिलीको उठान र बैठान पनि खुट्टाकै शिली बाट हुन्छ कि त्यहा हातको शिली मिसाउनु हुदैन।किनकी ती शिलीको आ-आफ्नै बिशेषता र सस्कृती छ।खुटाबाट गरिने शिली चराचुरुङ्गीको एक्टिङ हो भने हात बाट गरिने शिली अन्न,बाली लगाउने,तान बुन्ने आदि संग सम्बन्ध जोडिएको छ।
शिलीको प्रकार:-
(१) फाक्लेवा शिली, (२)आप्तारुङ शिली(३)खारु सुम्निमा शिली (४)सिकी शिली/दाकथुम सिली (५)तायामा खियामा शिली(६)नारोवा सिली।(स्रोत:शिलिमोपा /शिलीमाङपा श्री रामचन्द्र राई सकेवा/साकेल शिली केही अरु हेर्नुहोस)
यसअर्थमा शिलीको आ-आफ्नै बिशेषता छ।त्यसकारण शिली जुन शिली बाट शुरु गरिन्छ त्यही शिली बाट समाप्त गर्नु पर्छ।शिली मिसाउनु/मिस्कट गर्नु हुदैन।
शिली खस्ने वा झर्ने:
साकेवा/साकेलामा नाच नाच्दा शिलीमाङ्पा/शिलीमोपाले शिली बिगार्यो भने झर्ने वा खस्ने र बिरामी हुने वा बिरामी भई मर्दछ भन्ने मान्यता थियो।तर अहिले माथी भनिए जस्तै शिली क्रमश नगर्ने एउटा वरको गर्यो भने अर्को परा कहाँ पराको गर्ने अनी शिली लाई मिस्कट/मिसाएर गर्ने गरिन्छ। यसो गर्दा शिली झरेको/खसेको मानिने छ। शहर बजारमा आज भोली शिलीमाङ्पा/शिलिमोपाले शिलीको क्रमश गरिने एक्टिङ अस्पष्ट र मिस्कट गरिदिदा शिलीको अनर्थ लगाउने काम हुँदै आएको छ।त्यो शिली झरेको मानिने छ। अर्थात राम्रो शिलीमाङ्पा/शिलीमोपाको अभाव खड्कीदै गएको छ।लामो समय देखि( म उहीँ रामचन्द राई बाट साकेवा नाच सिकेको हु) शिलीमाङ्पा र शिलीमोपा भोजपुर जिल्लामा गर्दै आउनु भएकाले बताए अनुसार शिलीमाङ्पा/ शिलिमोपाहरु आज भोलि राम्रो छैनन।हावाका भरमा अस्पष्ट मात्र होईन कि शिली मिस्कट गरेर त्यसको विशेषतालाई नै मार्ने काम गरेको बताउनु हुन्छ।(साकेवाका बारेमा गफ र छलफलगर्दा बताएका बिषय हुन)
अन्त्यमा,
साकेला/साकेवा संसकृती र शिली लाई प्रतियोगीता गरेर जुन कलाकार टिम मात्र नाच्न पाउने भन्ने कुरा सच्याउन जरुरी छ।मुल्याङकन गर्न आउदा अरुले नाच्न नहुने भनेर भनिने कुरा गलत छ। पहिलो यो सस्कृती हो कसैको पेवा होईन।प्रतियोगीता हुदैन।सबै किरात राईले सहभागी भई नाच्न पाउद छ।दोस्रो मुल्याङकन गर्ने मानिस कतिको पाराङगत छ त ?ती मुल्याङकन गर्नेलाई राखिएको हुन्छ कि शिलीको अर्थ कति बुझेको छ ? कुन शिली पछि कुन शिली आउँछ भन्ने कुरा बुझेका छ्न कि छैनन भन्ने प्रश्न चही निकै गम्भीर बिषय हो।की यायोक्खाको कुनै ठूलो पदमा रहेकाले साकेवा शिली जानेको र बुझेको छ भन्ने सोचाई पनि गलत छ। संस्कृती सबै किराँती राईहरुको साझा सम्पती हो। एकले अर्कालाई नाच्न बाट निषेध नगरौ।नया पुस्तालाई गलत शिक्षा नदिऔ।