धरान । बलात्कार पश्चात हत्या गरेर फरार भएका २ जना आरोपीलाई धरान प्रहरीले १६ वर्षपछि पक्राउ गरेको छ । 

प्रहरीले पक्राउ परेकाहरुलाई पत्रकार सम्मेलन गरि सार्वजनिक गरेको छ । इलाका प्रहरी कार्यालय धरानका डिएसपी नवराज मल्लाका अनुसार धनकुटाको सहिदभुमी गाउँपालका १ का ५६ बर्षीय चन्द्रबहादुर राई र ४४ बर्र्षीय कल्पन राइलाई पक्राउ गरि प्रहरीले सार्वजनिक गरेको हो ।

प्रहरीका अनुसार पक्राउ परेका द्धयले डिएसपी २०६४ मंसिर २३ गते साँझ पौने ६ बजे साविक धरान १२ महेन्द्रपथको बलभद्रेश्वर धर्मशालामा २५ वर्षीय ललिता राईलाई बलात्कार गरि हत्या गरेको जनाइएको छ ।

सोही वेला घटनामा संलग्नहरुको पहिचान हुन नसक्दा किटानी जाहेरी पनि नपरेकोले अनुसन्धान  ढिलाई भएको तर  मृतकका आफन्तहरुसँगको निरन्तर सहयोगबाट आशंका गरिएका व्यक्तिहरुलाई १६ बर्षपछि पक्राउ गर्न सफल भएको डिएसपी मल्लको भनाई छ । पक्राउ परेका आरोपीले वलात्कार गरि घाँटी थिचेर हत्या गरेको प्रहरी समक्ष वयान दिएका छन् ।  

पक्राउ परेका दुवैलाई मुलुकी अपराध संहिता २०७४ को कर्तव्य ज्यान सम्बन्धी कसुरमा जिल्ला अदालतबाट १० दिनको म्याद थप गरि अनुसन्धान भइरहेको पनि डिएसपी मल्लले जानकारी दिनु भएको छ ।