धरान ।सुनसरीको धरानमा आइतबार चलचित्र पत्रकार संघले  स्थापना दिवस मनाएको छ  । 

संघको २४ औं वर्षगाँठको अवसरमा सुनसरीमा रहेर चलचित्र पत्रकार संघले सुनसरीका पत्रकार सहित नेपाल पत्रकार महासंघ सुनसरीका अध्यक्ष जनक ॠषि राईको प्रमुख आतिथ्यतामा कार्यक्रमको आयोजना गरी मनाएका हुन् । 

346105001_629240269078362_28584278032024202_n

कार्यक्रम नेपाल पत्रकार महासंघको सभाहलमा आयोजना भएको थियो । कार्यक्रमका प्रमुख अतिथी राई र नेपाल पत्रकार महासंघ केन्द्रिय अध्यक्ष भीषण राई सहितका अतिथीहरुले वार्षिक उत्सवको केक काट्नु भएको थियो ।  

कार्यक्रममा विशेष अतिथी महासङ्घका केन्द्रीय सदस्य एवम् निर्देशक भीषण राइले चलचित्र पत्रकार संघले सुनसरीमा सक्रियाता छोटो समयमा वढाएको भन्दै आगामी दिनमा चलचित्र विकासको लागि अझै ससक्त ढंगले लाग्नको लागि शुभकामना दिनु भएको थियो । 

346108686_960029445448382_6629057143137899166_n

त्यसै गरि पत्रकार महासंघका सहसचिव भोला श्रेष्ठ,पत्रकार गोपाल कामत लगायतले शुभकामना दिदैं चलचित्रको बजार प्रवर्धन गर्न चलचित्र पत्रकारहरूको महत्त्वपूर्ण भूमिका रहने र आगामी दिनमा चलचित्र पत्रकारिताको विकासको लागि पत्रकारहरुलाई क्षमता विकास संवन्धी कार्यक्रमहरु ल्याउनको लागि सुझाव दिनु भएको थियो । 

कार्यक्रममा  चलचित्र पत्रकार सघ सुनसरीका अध्यक्ष विनोद विश्वकर्माले सुनसरीमा संघ स्थापना २ वर्ष अघि मात्रै भएपनि  विभिन्न समस्या र चुनौतीवीच पनि चलचित्रको विकास र प्रवद्र्धनको लागि सक्रिय रुपमा लागि परेको वताउनु भयो ।

उहाँले यही जेठ २१,२२ र २३ गते सुनसरीमा चलचित्र विकास वोर्डको सहयोगमा ३ दिने चलचित्र पत्रकारिता कार्यशालाको कार्यक्रम आयोजना गरिएको पनि वताउनु भएको  छ।

कार्यशालामा चलचित्र विकास वोर्डका अध्यक्ष एवम वरिष्ठ नायक भुवन केसीको प्रमुख आतिथ्यतामा हुने आयोजकले जनाएको छ ।   

त्यसैगरि संघले १ जना पूर्व रंगकर्मी,१ जना उदयमान पत्रकार र कलाकार सहित  ३ जनालाई सम्मान सहित पुरस्कृत गरिने अध्यक्ष विश्वकर्माले वताउनु भयो ।

चलचित्र पत्रकार सङ्घ सुनसरी २०७७ फागुन १९ गते स्थापना भएको थियो भने दुई वर्षको छोटो अवधिमा तीन दिने चलचित्र पत्रकारिता कार्यशाला, पत्रकारहरूबिच मैत्रीपूर्ण फुटसल र कलाकार सम्मान लगायतको कार्यक्रमहरु सन्चालन गरिसकेको छ ।