विराटनगर / आज प्रदेश नं. १ को प्रदेश सभा बैठक बस्दैछ । प्रदेश सभाका पहिलो बैठक धमाधम भइरहेका छन्। आइतबार मात्रै चार प्रदेशले पहिलो बैठक गर्दै छन्। तीन नम्बरको पहिलो बैठक माघ १८ गते सकिएको छ भने १ र ४ को पहिलो प्रदेश सभा बैठक आज भई। रहेको छ ।

प्रदेश सभाको अधिवेशन सुरु भएसँगै अबको केही दिनमै प्रदेश सरकार बन्ने छ। प्रदेशमा मुख्यमन्त्री, सभामुख, उपसभामुख र प्रदेशका मन्त्री र सचिव हुने छन्। प्रदेश १ को मुख्य मन्त्रि एमालेबाट बन्ने छन् । मुख्य मन्त्रि बन्नका लागि संसदीय दलको नेता बन्नु पर्ने हुन्छ । पार्टी श्रोतका अनुसार प्रदेश एक को एमाले संसदिय दलको बैठक आज १२ बजे बिराटनगरमा बसने तय भएको छ । नेकपा एमाले जिल्ला सचिवालय सदस्य तथा प्रदेश सभा सदस्य प्रदिप भण्डारीका अनुसार संसदिय दलको नेता २६ गते चुनिने मिति तय भएको छ । ‘आज प्रारम्भीक छलफल हुने छ । दलको नेता छान्न मिति तोकिने छ ।’– प्रदेश सभा सदस्य भण्डारलिे भने–‘सहमति हुने सम्भावना कम भएकाले निर्वाचनकै माध्यमबाट संसदीय दलको नेता चुनिने छ ।’ निर्वाचन नै लोकतान्त्रिक विधी भएकाले सबै भन्दा उत्तम प्रक्रिया भएको उनले बताए ।
निर्वाचनका लागि चुडामणि आचार्य, टिकाराम पुरि, प्रेम पोख्रेलको निर्वाचन समिति समेत बनाई सकिएको पार्टी श्रोतले जनाएको छ ।
मुख्य मन्त्रिका लागि एमाले सचिव तथा प्रदेश संयोजक भीम आचार्य, पोलिट व्यूरो सदस्य तथा उपसंयोजक शेरधन राई, केन्द्रीय सदस्य जीवन घिमिरे र हिक्मत कार्कीको नाम चर्चामा छ । निर्वाचन भए वाँकी ३ जनालाई सभामुख र महत्वपूर्ण मन्त्रालय मन्त्रि बनाउने पार्टी श्रोतले जनाएको छ । संचिव आचार्य पार्टीको सिनियर व्यक्ति भएकाले आचार्यको नाममा सहभतिका लागि छलफल गरिने पनि पार्टी श्रोतले जनाएको छ ।