धरान ।धरान उपमहानगपालिका भित्र रहेका सामुदायिक विद्यालयहरुको छाता संगठन विद्यालय व्यवस्थापन समिती  महासंघ नेपाल शनिबार गठन भएको छ । 

345939565_1258477411448807_4331832960232630108_n

सामुदायिक विद्यालय व्यवस्थपान समिती कोशी प्रदेशको आयोजनामा भएको प्रथम धरान नगर सम्मेलनले हरिप्यारा श्रेष्ठको अध्यक्षतामा १८ सदस्यीय कार्यसमिति चयन गरेको छ।

346023072_1926433317793212_6681942424452537978_n

धरान स्थित पब्लिक हाईस्कुलको सभाहलमा भएको सम्मेलनले समितिको उपाध्यक्षमा नैनकला न्यौपाने, सचिव संगिता सुनुवार लिम्बू, कोषाध्यक्ष विवक राई,सह–सचिव महेश प्रधान हुनु हुन्छ ।

सदस्यहरुमा सल बहादुर खवास, ममता राई, देउमान लिम्बु सरस्वती रजक,भरत खत्री,चन्द्रकुमारी तामाङ्ग,स्वर्णिम लिम्बू मिना लावती, पदमसुन्दर लिम्बू, टंकबहादुर आले, केदार राई,कर्ण बहादुर गुरुङ र विश्वराज खनाल गरी जम्मा १८ सदस्यीय सामुदायिक विद्यालय व्यवस्थापन समिती महासंघ गठन भएको हो ।

नेपालमा महासंघ २०७० सालमा स्थापना भएका थियो ।सम्मेलनमा प्रमुख अतिथि धरान उपमहानगरपालिका उपप्रमुख आईन्द्र बिक्रम बेघा रहेको उक्त कार्यक्रममा बिशिष्ठ अतिथी सामुदायिक विद्यालय व्यवस्थापन समिति केन्द्रीय सचिव काशीनाथ दंगाल, पब्लिक हाई स्कूलका प्राधानाध्यापक  ईन्द्र मोहन झा, शिक्षक अभिभावक संघका अध्यक्ष राजेन्द्र किराँती शिक्षा महाशाखा धरानका प्रमुख गणेश खतिवडाले समेत शुभकामना मन्तव्य राख्नु भएको थियो । 

कर्यक्रममा कोशी प्रदेश सचिव हरि कार्कीले धरानको साुमदायिक विद्यालयको वर्तमान अवस्था र चुनौतीको विषयमा कार्यपत्र प्रस्ततु गर्नु भएको थियो ।

कार्यपत्रमा समग्र विद्यालय व्यवस्थापन तर्फ देखापरेका विविध समस्यालाई सहजीकरण गर्न,समय सापेक्ष अभिभावकको चाहना ,राष्ट्रको शैक्षिक उद्देश्य पूरा गर्न,सामुदायिक विद्यालय व्यवस्थापन समिति महासंघ सम्पूर्ण सामुदायिक विद्यालय अध्यक्षहरुको साझा संस्थाका रुपमा स्थापना भएको सांगठनिक उल्लेख छ।

धरान नगर क्षेत्रमा २२ वटा आधारभुत विद्यालय सहित जम्मा ४९ वटा विद्यालय रहेको तथ्याङ प्रतिवेदनमा उल्लेख छ । स्वस्थ्य प्रतिष्पर्धात्मक शैक्षिक नीतिको आवश्यकता महसुस गरी नेपाल सरकारको लगानी, नीति कार्यक्रम ,अभिभावकको माग, विद्यार्र्थीको रुचि नेपाली समाजको आवश्यकता अनुसार सुधारोन्मुख कार्यक्रम ल्याउनुपर्ने,युगानुकूल प्राविधिक शिक्षा लागू गर्दै रोजगारमूलक शैक्षिक जनशक्ति उत्पादन गर्नुपर्ने भनिएको छ ।