धरान ।स्थानीय सरकारलाई चुनौती दिदैं धरान उपमहानगरपालिका वडा नम्बर ६ मा सामुदायिक वन समितीका पदाधिकारीले वडाको फोहोर संकलन गर्ने अभियान शुरु गरेका छन् ।। 

पानबारी सामुदायिक वन उपभोक्ता समितीले वडावासीको घर र टोलमा गएर फोहोर संकलन गर्ने अभियान शुरु गरेको हो । समितीले हरेक महिनाको ५ र २० गते वडावासीले थपारेर राखेको फोहोरलाई संकलन गर्ने अभियान शुरु गरेको वन समितीका अध्यक्ष भुपाल राईले वताउनु भयो। 

344862499_1000117901151889_1212303908489564068_n

उहाँले भन्नु भयो,‘हामी धरानवासी त भइयो तर वडामा फोहोर उठाउनको लागि कहिल्यै स्थानीय सरकारले पहलकदमी नगरेकाले वन समिती आफैंले फोहोर संकलन गर्ने अभियान शुरु गरेका हौ।’समितीले ट्रयाक्टर सहित फोहोर संकलन गरेर फोहोरलाई निश्चित स्थानमा व्यवस्थापन गर्ने गरेको छ । 

345457097_154879517546847_212865438941568526_n (1)

साविकको पाँचकन्यालाई समायोजना गरेर धरान उपहानगरपालिका गाभिएको वडाहरुमा अहिले सम्म फाहोर संकलन गर्नको लागि चासो देखाइएको छैन । 

उमहानगरपालिकाले फाहोर संकलनको लागि धरान वजारमा भने हरेक दिन सरसफाईकर्मी र गाडी परिचालन गर्दै आएको छ । तर साविकको पाँचकन्यामा पर्ने हाल धरान उपमहानगरपालिकाको वडा नम्बर ४,५ र ६ का वडावासीलाई स्थानीय सरकार धरान उपमहानगरपालिकाले उपेक्षा गरेको गुनासो छ ।  

त्यहाँका वडावासीले फोहोरलाई जथाभावी रुपमा खोला र जंगलमा लगेर फाल्ने गरेका छन् । आफ्नो वडाको समस्याको बारेमा धरान उपमहानगरपालिकालाई वडा समिती लगायत वडावासीले नै फाहोर व्यवस्थापनको लागि माग गर्दै आए पनि  अहिले सम्म सुनुवाई भएको छैन ।