धरान । धरान उपमहानगरपालिकाका मेयर हर्कराज साम्पाङले शुक्रबार धरान खानेपानीको वोर्डको आय–व्यय सार्वजनिक गर्नु भएको छ । 

मेयर साम्पाङ खानेपानी बोर्डको संयोजक समेत हुनु हुन्छ । पत्रकार सम्मेलन गरि उहाँले नेतृत्व सम्हालेदेखिको सम्पूर्ण आय–व्यय सार्वजनिक गर्नु भएको हो ।  

पत्रकार सम्मलेन आय–व्यय सार्वजनिक कार्यक्रममा आफुले धरान उपमहानगरपालिकामा कार्यभार सम्हाल्दा बैंक खातामा खानेपानीको ४ करोड ४४ लाख ३४ हजार ३ सय ५६ रुपैयाँ जम्मा रहेको वताउनु भयो ।उहाँले भन्नु भयो,‘मेरो कार्यकाल भरी वैशाख ३१ गते सम्मको आय व्यय भने १ करोड ९४ लाख ४ हजार ८ सय २ रुपैया बचत छ।’ 

मेयर साम्पाङले यस अघिका जनप्रतिनिधीले खानेपानीको बोर्डमा रकम ७ करोड रकम रहेको भनेर हल्ला गरिए पनि यथार्थ सो कुरा गलत भएको पनि पत्रकार सम्मेलनमा वताउनु भएको छ । 

पत्रकार सम्मेलनमा वितरित  प्रतिवेदन अनुसार अघिल्लो आर्थिक वर्षमा २ महिनाको आय  २ करोड १४ लाख ६८ हजार ६५३ रुपैया ६० पैसा र  व्ययतर्फ ३ करोड ८५ लाख ६९ हजार ९६८ रुपैया ४४ पैसा खर्च भएको छ ।

त्यसै गरि खानेपानी बोर्डको हालको चालु आर्थिक वर्षको बैशाख ३१ गतेसम्म कुल आय १४ करोड ४६ लाख ८२ हजार ७९० रुपैया ३६ पैसा रहेको र खर्च तर्फ १४ करोड १० हजार २११ रुपैया २० पैसा भएको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

उहाँले अव बोर्डको सदस्यहरुलाई वोलाएर परिचयात्मक कार्यक्रम गरि धरान खानेपानी बोर्ड व्यवस्थापन समिती चलायमान हुने वताउनु भएको छ ।