धरान ।धरान उपमहानगरपालिका वडा नम्बर १५ ले वडालाई रिङरोडको अवधारणा अनुसार विकास गर्नको लागि सडक निर्माण र बिस्तारलाई तीव्रता दिएको छ । 

344785360_251107720928303_5197725869236891835_n

वडाले हाल धरान उपमहानगरपालिकाको एक वडा एक पूर्वाधार विकास अन्र्तगतको योजना मार्फत रिङरोड सडक निर्माण  र विस्तारलाई तीव्रता दिएको हो । 

१५ नम्बर वडाको काठेपुलदेखि वडाको दक्षिणीभेग खोरिया वस्ती सम्म २० फुटे  करिव ४ किलोमीटरको सडक विस्तार भइरहेको छ । पहिलो चरणको बाटो विस्तारको काम अन्तिम चरणमा पुगेको वडा कार्यालयले जनाएको छ  ।

344582991_1454720878606734_3203362743997014019_n

काठेपुलदेखि होली ल्याण्ड स्कुल सम्मको सडक विस्तार वडाले गरिसकेको छ ।पहिलो स्थानीयत तहको चुनावबाट विजयी जनप्रतिनिधीहरु मार्फत  नै सडक विस्तार भएको थियो ।

344600016_786247382937451_8806549406058878942_n

सोही योजना अनुसार आथिर्क वर्ष २०७९।८० को वजेटबाट काम भइहरहेको छ । कुल वजेट १८ लाखको लागतमा हाल धरान १५ स्थित दुमी टोलदेखि उतर सम्मको बाटो निमार्ण कार्य भइरहेको वडाध्यक्ष नरेश इवारमले वताउनु भयो ।

उहाँले भन्नु भयो,‘१५ नम्बर वडालाई रिङरोडको अवधारणा वनाएर धमाधम सडक निर्माणको कार्य गर्दैछौं,रिङरोड भएपछि वडाको विकासमा थप सहयोग मिल्ने छ र योजनागत रुपमा वडाको विकासमा काम गर्दै जाने छौं ।’

फेरी पनि जनताबाट निर्वाचित भएर आएपछि अघिल्लो कार्यकालमा पुरा गर्न नसेकको कामलाई पुर्णता दिनको लागि योजना वनाए काम अघि बढाएको वडाध्यक्ष इवारमले वताउनु भयो ।  

रिङरोडले आफ्नो वडा जोडिने भएपछि वडावासी खुशी भएका छन् ।बाटो निर्माण उपभोक्ता समितिका अध्यक्ष खड्ग बहादुर केरुङका अनुसार सडक निर्माण भएसँग वडाको माथिल्लो टोल र तल्लो टोल समेत जोडिने भएको छ । बाटो अभावका कारण वडावासीलाई समस्या भई घुमेर आवात जावात गर्नु पर्ने झन्झट थियो तर अव यस्तो झन्झटबाट वडा वासी मुक्त हुने कुरुङको भनाई छ ।