धरान । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले आन्दोलरत पत्रकारहरुलाई छलफलको लागि पत्रचार गर्नु भएको छ । 

विहीबार मेयर सम्पाङले नेपाल पत्रकार महासंघ सुनसरीलाई औपचारिक रुपमा पत्रचार गरेर आन्दोलनरत पत्रकारहरुलाई छलफलको लागि पत्रचार गर्नु भएको हो । 

ppppp   ssss

पत्रमा भनिएको छ,‘यहाँहरुको आन्दोलन गर्नु पर्ने असन्तुष्टि र असहमतिको विषयलाई लिएर छलफलमा उपस्थित भईदिनु हुन अनुरोध छ।’  

मेयर साम्पाङद्धारा हस्ताक्षरित पत्रमा महासङ्घ सुनसरी शाखाका अध्यक्षलाई सम्बोधन गरिएको छ । पत्रमा जेठ ७ गते १ बजे नगर प्रमुखको कार्यकक्षमा छलफलका लागि उपस्थित भइदिन उल्लेख छ ।

पत्रकार महासङ्घले मेयर साम्पाङबाट प्रेस स्वतन्त्रता हनन् हुने गरी पत्रकार तथा सञ्चार माध्यमसँग अशोभनीय व्यवहार गरेको भनी उपमहानगरपालिकाको प्रेस स्वतन्त्रताप्रति प्रतिबद्धताको माग गर्दै आन्दोलनको घोषणा गरेको थियो ।पत्रकारहरुले ६ दिनदेखि लगातार विरोधको आन्दोलन गर्दै आएका थिए  । 

पहिलो चरणको आन्दोलन सकिएपछि नेपाल पत्रकार महासंघ सुनसरीले दोश्रो चरणको दबाब मुलुक कार्यक्रम गर्ने तयारी गरिरहँदा मेयर साम्पाङले छलफलको लागि पत्रचार गर्नु भएको हो ।