इटहरी । सुनसरीको इटहरीमा अन्तर्राष्ट्रिय स्तरको सोल्टी होटल वुधबारदेखि सन्चालनमा आएको छ । 

अन्तर्राष्ट्रिय स्तरमा ख्याति प्राप्त सोल्टी होटलको व्यवस्थापनमा बुधबारदेखि सोल्टी वेस्टेन्ड इटहरीले औपचारिक रूपमा व्यावसायिक सुरुवात  गरेपछि पुर्वी नेपालको पर्यटन व्यवसायमा थप टेवा पुग्ने आशाा पलाएको व्यवसायीहरु वताउँछन् । 

Banquet-1024x683

होटेलमा ८० वटा कोठा रहेका छन् । २०७२ साल देखि निर्माण सुरु गरिएको होटेललाई गरिमा होटेल नाम दिइएको थियो । तर १ वर्ष अघि सोल्टी होटेलसगँ सहकार्य भएपछि उक्त होटेललाई सोल्टी वेस्टेन्ड नाम दिइएको हो ।

restaurant-1024x609

होटेलका अध्यक्ष भीम बहादुर पौडेलले यो होटेलले इटहरीको व्यवसायिक र पर्यटकीय गतिविधि विकासमा भूमिका खेल्ने बताउनु भयो ।हामीले विशेष गरी बाहिरी देशबाट आउने विदेशी पाहुनालाई लक्षित गरेका छौं ।

restaurant-1-1024x609

अध्यक्ष पौडेलले भन्नु भयो,“इटहरी पुर्वी नेपालकै केन्द्रविन्दु हो,यहाँ देश विदेश जानको लागि मेनपावर छन्,कामदारको अन्तरवार्ता लिन विदेशी आउने गर्छन तर उनीहरू बस्नकै लागि विराटनगर, विराटचौक पुग्नु पर्ने अवस्था छ । त्यसलाई मध्यनजर गरी ती पाहुनालाई इटहरी नै राख्ने छौँ ।”

Lobby2-750x870

गरिमा होटेलका उपाध्यक्ष सुदर्शन चापागाईँले होटेलले अन्तर्राष्ट्रिय स्तरको सेवा उपलब्ध गराउने वताउनु भएको छ । होटेलमा स्वीमिङपुल, साउना, स्पा, कार्यक्रम तथा सेमिनार हल, फिटनेस सेन्टरलगायतका सुविधा छ । 

होटेलले उद्घाटनको अवसरमा विशेष छुट सुविधा समेत दिएको छ । कोसी प्रदेशमा फाइभ स्टार मध्ये तेस्रो होटेल हो । यस अघि झापामा २ वटा सञ्चालनमा आइसकेका छन् ।

outdoor-1-1024x683

एक बिघा क्षेत्रफलमा बनेको उक्त होटलमा  २२ वटा डिलक्स रुम र ४७ वटा स्ट्यान्डर्ड रुम रहेका छन  भने ८ वटा सुइट रुम र  १२ वटा एक्जुक्युटिभ रुम रहेको होटलको बताइएको छ ।

दुई वटा ब्यांक्वेट, तीन वटा सेमिनार हल, स्पा, जिम,  लाउन्ज लगायत विभिन्न सुविधा रहेको  कम्पनी ले जनाएको छ । 

४० जनाको क्षमताको एउटा रुफ टप रेस्टुरेन्ट,  यस जना अट्ने क्षमताको फाइन डाइनिङ र  ४० जनाको क्षमताको क्याफे एन्ड बेकरीका साथै हजार र सात सय क्षमताको दुई वटा ब्यांक्वेट हल रहेको कम्पनीले जनाएको छ ।