धरान। बुधबार धरान –१६ स्थित मण्टेश्वरी किन्डर गार्टेनका बालबालिकाले सोकेला उभौलीको अवसरमा नाँचिने ‘साकेला सिली’ नाँचेका छन् । 

किराँत राई खेलकुद संघ सुनसरीले किराँत राईहरुको महान पर्व साकेला उभौलीको अवसरमा नाँचिने सोकला सिली बालबालिकालाई सिकाएको हो ।

gg

खेलकुद संघका कलाकारहरुले त्यहाँ रहेका बालबालिकालाई ढोल झ्याम्टा सहित साकेला सिली सिकाएका हुन् ।

मण्टेश्वरीका अध्यक्ष गौरबमान श्रेष्ठले बालबालिकालाई विभिन्न जात जातीको भाषा  र संस्कृतिप्रति मोह जोगाउनको लागि खेलकुदसँग सहकार्य गरि कार्यक्रम आयोजना गरेको वताउनु भयो।

ggg

उहाँले भन्नु भयो,‘हामीले पढाई मात्रै होइन,पढाईका अलवा अतिरिक्त क्रियाक्लाप अन्र्तगत विभिन्न जात जातीको कला र सस्कृतिलाई पनि सिकाउँछौ,यस अघि लाखे नाँच सिकाउँदै आएका होै,यसपालिदेखि किराँत राईहरुको सस्कृति सोकला सिलि पनि सिकाएका हौं।’

ggggg

कार्यक्रममा किराँत राई खेलकुद संघका विकास चाम्लिङ राईले बालबालिकालाई किराँत राईहरु प्रकृति पुजक हुन्,त्यसैले सोही अवसरमा हरेक वर्ष साकेला उभौलीको अवसमार साकेला सिलि नाँच्ने परम्परा रहेको वताउनु भयो ।

g

उहाँले भन्नु भयो,‘अन्नवाली लगाउने वेला सोकला सिलि नाँच्ने गरिन्छ,यो किराँत राईहरुको महान पर्व पनि हो,त्यसैले भाषा र संस्कृति जोगाउनको लागि विद्यालयमा विद्यार्थीलाई समेत अभिप्रेरित गर्न आजको आवस्कता हो।’

g 4

    वैशाख २२ गते पुर्णिमा दिन देखि औपाचारिक रुपले किराँत राईहरुले साकेला उभौलीको अवसरमा सोकला सिलि धरानका चौक –चौक र गल्लीमा नाँचिरहेका छन् । सोकला उभौली किराँत राईहरुले यही जेठ ६ गते औपचारिक रुपमा समापन गदैछन् ।