धरान । धरान उपमहानगरपालिका वडा नम्बर –१५ स्थित महादेव चौकमा पर्ने माछापुच्छ्रे मार्ग आइतबार निर्माण सम्पन्न गरि उद्घाटन गरिएको छ । 

344497484_1493956291344664_7387841251436017038_n

वडा नम्बर १५ का वडाध्यक्ष नरेश इवारामले सो मार्गको रिवन काटेर उद्घाटन गर्नु भएको हो । उहाँका अनुसार वडाको आर्थिक सहयोगमा सडक निर्माण सम्पन्न भएको छ ।

344305564_917295679529514_226844884852303886_n

वडा कार्यालयले आर्थिक वर्ष २०७६।०७७ र २०८९।८० को कुल वजेट २१ लाख ७४ हजार ९ सय ४ रुपैयाँ(जन सहभागिता सहित) लागतमा सडक निर्माण सम्पन्न भएको जनाइएको छ ।

उहाँले भन्नु भयो,‘ हामी वडालाई नै कच्ची सडक मुक्त वनाउने अभियानमा छौ,जनप्रतिनिधीको कार्य अवधि भरीमा वडालाई पक्की सडक वनाउने छौं।’

344316614_252298680678240_2912868176635079143_n

स्वागत गेट सहित १ सय ८१ मीटर लम्वाईको १४ फुटे सडक आकर्षक र गुणस्तरीय मार्ग वनेको धौलागिरी टोल विकास संस्थाका अध्यक्ष दिनेश राना मगरले वताउनु भयो । 

344308098_247991504443425_3139736355279914336_n 1

उहाँले भन्नु भयो,‘हामी टोलवासी खुशी छौ,वडा कार्यालयको आर्थिक सहयोगमा कच्ची बाटोलाई पक्की वनाउन सफल भयौ,सडक निर्माणले ३४ घरधुरीलाई  सहज भएको छ।’