धरान। धरान उपमहानगरपालिका वडा नम्बर–१३ र स्वर्गीग मार्ग संघ नेपाल सुनसरीको संयुक्त आयोजनामा वडावासीका लागि सात दिने निःशुल्क 'आमस उपचार' सोमबार देखि शुरु भएको छ । शिविरको उद्घाटन धरान १३ नम्बरका वडाध्यक्ष नेत्रप्रसाद काफ्लेले गर्नु भएको थियो । 

3 2

आमस थेरापी विधिद्वारा विभिन्न विरामीको उपचार नि:शुल्क रुपमा गरिने भएको छ । वडावासीको स्वास्थ्यलाई ध्यानमा राखेर वडा कार्यालयमा नै सहकार्य गरि शिविरको आयोजना गरिएको वडाध्यक्ष काफ्लले वताउनु भयो ।

उहाँले भन्नु भयो,‘ म आफैंले पनि शिविरबाट लाभ लिएर, शारिरीक असक्त विभिन्न रोगहरुवाट ग्रसितहरुको लागि यो शिविर प्रभावकारी हुने रहेछ,उपचारपछि क्षण भरमा नै आनन्द महसुस हुने रहेछ, त्यसैले वडावासीहरुले शिविरमा सहभागि भई मौकाको फाइदा लिन आग्रह गर्दछु।’

55

७ दिन सम्मको शिविरमा आत्मा,मन र शरीर संवन्धी विरामको  उपचार आमस थेरामी माध्यमबाट गरिने आयोजक स्वर्गीक मार्ग संघ नेपाल,सुनसरीको अध्यक्ष सम्झना राईले वताउनु भयो । 

उहाँका अनुसार शरीरमा निस्क्रिय भएको नशालाई सक्रिय वनाउने र नसाको सेल्सहरुलाई सक्रिय वनाउन आमस उपचार विधीबाट सहयोग मिल्ने छ ।

उहाँले भन्नु भयो,‘शरिर,मन र आत्माको उपचार विधी विज्ञान संवत नै हो, हामीले विभिन्न स्थानहरुमा उपचार पनि गरिसकेका छौं,विरामीहरु ठिक पनि भएका छन्।’

344369596_1305010233384451_6364164708733772803_n

शिविर विहान १० वजेदेखि अपरान्ह ४ वजेसम्म सन्चालन हुने जनाइएको छ । शिविरमा नसा संवन्धी समस्या, माइग्रेन, पिनासलगायत अप्रेशन बाहकेका सवै विरामीले लाभ लिन सक्ने छन् ।  आजदेखि शुरु भएको निशुल्क स्वास्थ्य शिविर जेठ ८ गते समापन हुँदैछन ।