धरान । छुट्टै पहिचान बाेकेकाे  धरान उपमहानगरपालिका वडा नम्बर–६ अन्र्तगत पर्ने पानवारीको पहिचानको लागि ‘प्रथम पानवारी  गोल्ड कप’ आयोजना हुने भएको छ । 

पानवारी सामुदायिक वन  उपभोक्ता समुहको आयोजनामा खेलकुदको विकाससँगै थप पानवारीको पहिचानको लागि पानवारी गोल्डकप आयोजना गर्ने वन समुहका अध्यक्ष भुपाल राईले वताउनु भयो । 

ppppppppppppppp

उहाँका अनुसार २०८० साल पौष महिनामा गोल्डकप खेलाउनको लागि वन समुहको वैठक वसेर त्यसको तयारीको शुरु गरिएको छ । 

गोल्डकप आयोजना गर्नको लागि करिव १५ लाखको अनुमानित लागत लाग्ने भएको छ । 

सामुदायिक वनको अगुवाईमा स्थानीय सरकार,प्रदेश सरकार र केन्द्रीय सरकार तथा सहयोगी दातासँगको सहकार्यमा खेल खेलाउने तयारी गरिएको अध्यक्ष राईले वताउनु भयो ।

शुक्रवार धरान उपमहानगरपालिका वडा नम्बर ६को वडा कार्यालयमा खेल आयोजना गर्नको लागि २०८०।०८१ को वेजटमा समेट्न निदेदन समुहका पदाधिकारीले दिनु भएको छ । 

प्रतियोगितामा पहिलो वन्ने टिमलाई १ लाख ५० हजार र उप–विजेता टिमलाई ७५ हजार रुपैयाँ प्रदान   गरिने भएको छ भने खेलमा सहभागि हुनको लागि खुल्ला गरिएको पनि वताइएको छ । 

पानवारीमा पहिलो पटक गोल्डकपको आयोजना हुन लागेको हो भने यसको सफलतासँगै भावि दिनमा अन्तराष्ट्रिय स्तरको प्रतियोगिता आयाजना गर्ने लक्ष्य पनि लिएको वन उपभोक्ता समुहका अध्यक्ष राईको भनाई छ । 

पानवारी सामुदायिक वन उपभोक्ता समुह धरान–६ ले वन विकास र संरक्षणको साथै सामाजिक गतिविधीमा पनि उतिकै सक्रियता देखाएको छ । यसअघि मात्रै वनकै आयोजनामा निशुल्क स्वास्थ्य शिविर समेत आयोजना गरेको थियो ।