बिराटनगर ।मोरङको छुट्टा –छुट्टै दुई स्थानमा सवारी दुर्घटना हुदाँ दुई जनाको मृत्यु भएको छ ।

विहीबार अपरान्ह मोरङको ग्रामथान गाँउपालिका(६ बिराटचोक सडक खण्डमा प्रदेश १-०५-००१ प ३८६० नम्बरको स्कुटरलाई बा. प्र.०३-००१ ख ७४०२ नम्बरको टिफरले ठक्कर दिदा स्कुटर चालक झापा अर्जुनधारा नगरपालिका-७ का -४२ बर्षीय जिबन दाहालको घटना स्थलमा नै मृत्यु भएको हो ।

यसै गरी रंगेली नगरपालिका-५ स्थितमा प्रदेश १-०२-०४९ प ७८३६ नम्बरको मोटरसाईकल आफै अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाईकल पछाडि सवार रतुवामाई नगरपालिका-५ की ५० बर्षीया मानकी देवी साह घाईते भई उपचारको लागि बिराटनगर गोल्डेन अस्पताल लगिएकोमा उनको उपचारको क्रममा मृत्यु भएको हो ।

घटनामा संलग्न टिफर चालक २८ बर्षीय सुरज कुमार माझी र मोटरसाईकल चालक दिनेश कुमार साहलाई प्रहरीले नियन्त्रणमा लिई दुर्घटना सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ ।

यसैवीच झापाको मेचिनगर नगरपालिका  र दमक नगरपालिका दुई स्थानबाट प्रतिबन्धित लागुऔषध ब्राउन सुगर सहित ४ जना पक्राउ परेका छन । विहीवार इलाका प्रहरी कार्यालय काँकरभिट्टा र लागुऔषध नियन्त्रण ब्युरो काँकरभिट्टाको प्रहरी टोलीले मेचीनगर नगरपालिका -५ स्थितमा चेक जाँचको क्रममा मे.१० प ६९०७ नम्वरको मोटरसाईकलमा सवार रहेका पाँचथर याङवरक गाउँपालिका ५ का २६ बर्षीय दिपक लोक्सम र भारत दिनापुरका २५ बर्षीय रन्जित वर्मनलाई १ ग्राम ५ सय मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको हो ।

यसै गरी दमक नगरपालिका ३ का ३२ बर्षीय ललित तामाङलाई २ ग्राम ब्राउन सगर सहित प्रहरी चौकी बाघखोरको प्रहरी टोलीले पक्राउ गरेको छ भने दमक ९ का २२ बर्षीय सबिन सुनामलाई १ ग्राम ५ सय मिलिग्राम ब्राउन सुगर सहित इलाका प्रहरी कार्यालय दमकले पक्राउ गरेको छ ।

प्रतिबन्धित लागुऔषध सहित पक्राउ परेका उनिहरुको थप अनुसन्धान भईरहेको छ ।