धरान ।धरान –१३ स्थित पव्लिक माध्यमिक विद्यालयका आर्थिक स्तर न्यून भएका विद्यार्थीहरुलाई विहीवार शैक्षिक सामाग्री  वितरण गरिएको छ । 

जय धरान समुहका श्याम लिम्वू शेरेङ लगायतको टोलीले कक्षा १ देखि कक्षा ५ सम्म अध्ययन गर्ने विपन्न समुदायका विद्यार्थीहरुको लागि शैक्षिक सामाग्री वितरण गरिएको हो । 

3

५५ जना विद्यार्थीलाई कपी र कलम सहित विद्यालयका सहायक प्रधानाध्यपक नारद राई लगायतको उपस्थितीमा शैक्षिक सामाग्री वितरण गरिएको  थियो । 

शैक्षिक सामाग्री वितरण गर्दै श्याम लिम्वूले शिक्षाको उज्यालो ज्योतीबाट कोही पनि बालवालिका वन्चित नहोस् भनेर विद्यार्थीलाई राहत प्रदान गर्नको लागि सहयोग गरेको वताउनु भयो । 

2

उहाँले भन्नु भयो,‘यो कार्यलाई हामी निरन्तर रुपमा धरानका अन्य विद्यालयमा समेत सहयोग प्रदान गर्नेछौं,सानो सहयोगले विद्यार्थी र विद्यालयलाई समेत पठन पाठनको लागि सहज वनोस् र विद्यार्थीले शिक्षा प्राप्त गर्नु सकुँन।’

लिम्वुले सोही विद्यालयका ४ जना विद्यार्थीलाई कक्षा १ देखि कक्षा १० सम्म अध्ययन गर्न पनि छात्रवृति प्रदान गर्दै आएका छन् । 

सामाजिक सेवामुखी भावनाले जय धरान समुहका लिम्वु सहितको युवाहरुको सहयोगी भावनालाई पव्लिक मावि फुसे्रेका सहायक प्रधानाध्यापक नारद राईले प्रशंसा र सहित धन्यवाद दिनु भयो । 

सो विद्यालयमा धरान उपमहानगरपालिका वडा नम्बर ४ र वडा नम्बर २० सहित ८० प्रतिशत विपन्न समुदायका विद्यार्थी अध्ययन गर्ने गरेका छन् ।